२९ मंसिर २०८२, सोमबार | December 15, 2025

गठबन्धनलाई जिताउन सके मात्र लोकतन्त्रको रक्षा हुनसक्छ : दीनानाथ शर्मा



नवलपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिव दीनानाथ शर्माले गठबन्धनलाई जिताउन सकेमात्र लोकतन्त्रको रक्षा हुन सक्ने बताएका छन् ।

सत्ता गठबन्धनद्वारा नवलपुरको देबचुलीमा आज आयोजित नवलपुरको क्षेत्र नम्बर १ का अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमा बोल्दै शर्माले विशेष परिस्थितिमा आन्दोलनको बीचबाट जन्मेको गठबन्धनले संविधान र लोकतन्त्रको रक्षा गर्ने उल्लेख गरे ।

शर्माले प्रचण्ड र गिरिजाप्रसाद कोईरालाकै पहलमा बृहत् शान्ति सम्झौताबाट नै मुलुकमा परिवर्तन आएको र यही परिवर्तनलाई निमोठ्न खोज्ने प्रवृत्तिका विरुद्धमा गठबन्धन बनेको धारणा राखे ।

उनले आसन्न निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन सबै एक भएर लाग्नु पर्ने आजको आवश्यकता भएको बताउदै गठबन्धनका उम्मेदवारहरूलाई जिताउन सबै पार्टीका नेता कार्यकर्ताहरूलाई आग्रह गरे। अहिलेको गठबन्धन निर्वाचन जित्नको लागि बनाएको नभई राष्ट्र, लोकतन्त्र, गणतन्त्रको रक्षाको लागि भएको भन्दै शर्माले गठबन्धनका उम्मेदवारलाई जिताएर मात्र लोकतन्त्रको रक्षा हुन सक्ने धारणा राखे ।

नेता शर्माले संविधान, लोकतन्त्र, गणतन्त्रलाई उल्ट्याउनेविरुद्ध आफूहरु गठबन्धन गरेर निर्वाचनमा गएको दाबी गर्दै मंसिर ४ को निर्वाचनमा कुन नेता वा दलले जित्ने हार्नेमात्र नभई देश, संविधान र लोकतन्त्रले जित्ने कि हार्ने भन्ने कुराको निर्धारण गर्नेछ’, उहानले भने, ‘यही कारण राजनीतिक सहमति गरी हामी गठबन्धन बनाएर अघि बढेका छौँ।’

संविधान र गणतन्त्र को रक्षा गर्ने उद्धेश्यकासाथ गठबन्धन बनाएको दाबी गर्दै उहाले गठबन्धनका बिरूद्द शंका नगर्न आग्रह समेत गरे ।

नेपाली काङ्ग्रेसका नेता मिनेन्द्र रिजालले संविधान लोकतन्त्रको रक्षा गर्न गठबन्धनको आवश्यकता भएको बताउदै संविधानको रक्षा गर्ने दायित्व गठबन्धन मा आएको बताउदै एक भएर निर्वाचमा होमिन कार्यकर्तालाई आग्रह गरे ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ३ : ३८ बजे

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ

निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११