३१ भदौ २०८३, बुधबार | September 16, 2026

एम्सको क्यालेन्डरमा नेपालगन्ज म्याराथन, नेपाल पहिलो पटक विश्व म्याराथनको सूचीमा



नेपालगन्ज । आठ बर्षदेखि नियमित सञ्चालन हुँदै आएको नेपालगन्ज म्याराथनलाई बिहिवारदेखि विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश (एम्स) को अफिसियल क्यालेन्डरमा समावेश गरिएको छ । एम्सले बिहिवार सार्वजनिक गरेको २०२२ नोभेम्बरदेखि २०२४ फेब्रुअरीसम्मको क्यालेन्डर सार्वजनिक गर्ने क्रममा डिसेम्बर १० तारिख शनिबारका दिनहुने म्याराथनको सूचीमा नेपालगन्ज म्याराथनलाई समावेश गरेको हो ।

एमसको क्यालेण्डरमा समावेश भएसागै संसारभरका धावक एवं पर्यटकलाई नेपाल आउने ढोका खोलिदिएको नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले बताए । ‘विश्वका धावक तथा पर्यटकको चासो रहने एम्सको क्यालेन्डरमा पहिलो पटक नेपालगन्ज, लुम्बिनी र नेपालशब्द देख्दा निकै खुशी लागेको छ ।’ अध्यक्ष ठकुरीले भने–‘सायद देशप्रेम भनेको यही रहेछ, विश्व समुदाय माझ नेपाल देशलाई चिनाउन पाउँदा एक नागरिकको जिम्मेवारी पुरा गरेको अनुभुति भएको छ ।’

एम्सले आफ्नो क्यालेन्डरमा नेपालगन्ज म्याराथनको सम्पर्क सम्बन्धमा सहज हुनेगरी रेश डाइरेक्टर चन्द्रबहादुर गुरुङको नाम उल्लेख गर्दै आफ्नो वेभसाइट मार्फत विश्व समुदायमा उपलब्ध गराइदिएको छ । एम्सको हेडक्वार्टर ग्रीसको एथेन्समा रहेको छ । म्याराथनको सुरुवातपनि ग्रीसबाट सुरु भएको थियो ।

एम्सको क्यालेन्डर तथा डाइरेक्टरीमा समाविष्ट भएसँगै नेपाल पहिलोपल्ट सदस्य राष्ट्रका रुपमा विश्व समुदाय माझ देखिएको छ । एम्स संसारभरिका म्याराथन आयोजकहरुको साझा संस्था हो । गत सातामात्र नेपालगन्ज म्याराथनलाई एम्सले सदस्यता प्रदान गरेको थियो । त्यसअघि नेपालगन्ज म्याराथनले एम्सका आधिकारिक कोर्ष मेजर र आमिर सान्डिवानद्वारा चार बिभिन्न विधाहरु ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी दुरीको रुट प्रमाणीकरण गराएको थियो ।

केएल दुगड ग्रुपको धारा तेलले मुख्यप्रायोजन गरेको आठौं धारा नेपालगन्ज म्याराथन यही मंसिर २४ गते शनिवार हुँदैछ । दशबर्षे द्धन्द्धलाई औपचारिक बिट मार्दै विद्रोही र राज्यबीच बृहतशान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै नेपालगन्ज म्याराथले २०७२ सालदेखि यात्राआरम्भ गरेको हो । हरेक मंसिरको पहिलो शनिवार आयोजना हुँदै आएको आठौं धारा नेपालगन्ज म्याराथन यस बर्ष आमनिर्वाचनका कारण मंसिर २४ गते सारिएको हो ।

आठौं धारा नेपालगन्ज म्याराथनमा धारा तेलसँगै होटल सोल्टी वेष्टेन्ड प्रिमियर, शिखर प्लाई, दराज, बडवाइजर बियर, नेपालीपात्रो, नेपालगन्ज ग्यालेरीलगायतले सहकार्य गर्दैछन् । धेरैभन्दा धेरै कर्पोरेट हाउसलगायत संघसंस्थालाई आयोजक क्रियटिभ ह्याण्ड्सले सहकार्यका लागि आह्वान गरेको छ । म्याराथनलाई ठाउँको पहिचानसँग स्थापितगर्न र साझा कार्यक्रमका रुपमाविकास गर्न आयोजकले कुनै कसर बाँकी नराखेको संस्थापक ठकुरीले बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ८ : ३६ बजे

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ

काठमाडौं । क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ धारापानीका कमला बानियाँ थापाले जलजला

सहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै

बागलुङ । नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।