२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

नक्कली फेसबुक अकाउन्ट बनाइ महिलाको चरित्र हत्या गर्ने व्यक्ती पक्राउ



काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्र हत्या गर्ने व्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ । फेसबुकमा नक्कली अकाउन्ट बनाएर दु:ख दिने सप्तरीका सुमित कुमार थापालाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर व्यूरोले जनाएको छ ।

उनले फेसबुकमा समिरा शर्मा (Baby) नामको नक्कली आईडि बनाएर उक्त आईडीको वाल र टाइमलाइनमा पीडितको तस्विरको साथमा अन्य अपरिचित महिलाको अश्लिल तस्बिर राखि पोष्ट गरेर पीडित जाहेरवालाको बारेमा अनर्गल र अश्लिल शब्दहरू स्टाट्स लेखि पोष्ट गर्ने गरेका थिए ।

यसका साथै उक्त फेक आईडिको म्यासेन्जरबाट पीडितको आफन्तहरुले प्रयोग गर्ने फेसबुक अकाउन्टको म्यासेन्जरमा समेत पीडितको बारेमा विभिन्न अश्लिल म्यासेजहरू गरी पीडितको बदनाम, बेईज्जत गरी अनावश्यक मानसिक तनाव, दुःख हैरानी दिई, चरित्र हत्या हुने कार्य गर्ने गरेको व्यूरोले जनाएको छ ।

व्यूरोका अनुसार सप्तरीको सुरुङ्गा न.पा. वडा नं. १ का १९ वर्षिय सुमित कुमार थापालाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा कात्तिक १८ गते इलाका प्रहरी कार्यालय भेडिया सारीको सहयोगमा पक्राउ गरिएको हो ।

ब्यूरोले काठमाडौ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी उनिमाथि आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ७ : ५८ बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ