१४ असार २०८३, आइतबार | June 28, 2026

एमालेलाई चुनाव जित्न कसैले रोक्न सक्दैन : ओली



धादिङ । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले धादिङमा विकास र समृद्धिका लागि एमालेले चुनाव जित्नुपर्ने बताएका छन् ।

नागढुङ्गा सुरुङमार्गको निरीक्षण गर्न आज आइपुगेका अध्यक्ष ओलीले खत्री पौवामा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै धादिङको विकासका लागि एमालेले जित्नै पर्ने बताए ।

आफू प्रधानमन्त्री भएको बेला गरिएको सुरुङ बनाउने निर्णयले देश सुरुङ निर्माण युगमा प्रवेश गरेको उनको भनाइ थियो । चीनदेखि भारत जोडिने अन्तर्राष्ट्रिय राजमार्ग धादिङको क्षेत्र नम्बर १ मा पर्ने भएकाले विकासको यो निर्माण गर्ने जिम्मा एमालेले लिएको उनले बताए ।

धादिङको समस्याका रूपमा रहेको श्री ५ को बायुगुठी समस्या समाधान गर्न आफू लाग्ने उल्लेख गर्दै अध्यक्ष ओलीले सडक निर्माणका कारण दुर्गम भन्ने गरिएको धादिङ अब दुर्गम नरहेको बताए । उनले धादिङमा एमालेले जित्ने र एमालेको आधिकारिक उमेदवार प्रतिनिधिसभा क्षेत्र नम्बर १ को सदस्य भूमि त्रिपाठी र क्षेत्र नम्बर १ को (१) को प्रदेशसभा सदस्यमा रमेश आचार्य रहेकाले धादिङका कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गरे ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ८ : २४ बजे

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा

संविधान संशोधन सम्भव, तर प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समयको आवश्यकता र संविधान कार्यान्वयनबाट

कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)