७ पुस २०८२, सोमबार | December 22, 2025

कसैले टक्कर दिन नसकेको ओलीलाई सरकारबाट मैले नै ढालेँ : माधव नेपाल



काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओली नेतृत्वको सरकारलाई आफुले ढलाउन सकेको भन्दै सन्तोष व्यक्त गरेकाछन् ।

बिहीबार मीनभवनस्थित पार्टीका कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कसैले टक्कर दिन नसकेका ओलीलाई आफूले टक्कर दिएर ढालेको टिप्पणी गरे। ओलीलाई आफुलाई कुनै शक्तिले पनि टक्कर दिन सक्दैन भन्ने लागेको तर आफुले टक्कर दिएर उनको सरकार नै ढलाइदिएको भन्दै नेपालले सन्तोष व्यक्त गरे । नेपालले भने, ‘त्यसकारण अहिले केपी ओली बर्बराएको हो कि उटपट्याङ कुरा गर्छन्। उनका कुराहरू भनेको आक्रोशले भरिएको छ ।’

नेपालले ओलीका सबै कुरा झुठा हुने गरेको बताए । नेपालले थपे, ‘उनमा आक्रोश, बदलाको भावना, अरुलाई अपमानित गर्ने प्रवृति र आफुलाई सर्वश्रेष्ठ ठान्ने प्रवृति पहिलेका तानाशाही शासकहरुमा जस्तै रहेको छ। ‘त्यही भएकाले एमालेले स्थानीय तह निर्वाचनमा ठूलो धक्का खाएपछि अहिले आएर ओलीले दक्षिणपन्थीहरु, राजा आउ देश बचाउ र देश विखण्डन गर्ने शक्तिसँग साँठगाँठ गरेका छन् ।’

नेकपा खारेज पछि एमालेमै रहेका नेपाल पक्षका २८ जना सांसदले ओलीलाई विश्वासको मत नदिँदा उनको सरकार संकटमा परेको थियो । त्यसपछि विवाद चर्किँदै गएपछि नेपाल लगाएताका नेताहरु नेकपा एकीकृत समाजवादी गठन गदैै एमालेबाट बाहिरिएका थिए ।

 

 

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  १२ : ३७ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत