१५ भदौ २०८३, सोमबार | August 31, 2026

देउवा र प्रचण्ड चितवनमा, ओली धरानमा



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै शीर्षनेताहरु आफ्नो उम्मेदवारलाई मत माग्न विभिन्न जिल्लामा पुगिरहेका छन् ।

आगामी ४ मंसिरमा हुने निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चा सम्मिलित सत्तारुढ गठबन्धन र एमाले, राप्रपा, राप्रपा नेपाल, जसपासहितको अर्को गठबन्धन चुनावी मैदानमा छन् ।

आफ्नो गठबन्धन र उम्मेदवारलाई निर्वाचित गराउने उद्देश्यसहित शीर्षनेताहरु दौडाहमा छन् । शुक्रबार प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष प्रचण्डसहित सत्तारुढ गठबन्धनका शीर्षनेताहरु चितवनमा हुने कार्यक्रममा सहभागी हुँदै छन् ।
उता एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार सुनसरी पुगेका छन् । धरानमा आयोजित चुनावीसभालाई उनले सम्बोधन गरेका छन् ।

गठबन्धनले एमाले एक्लो भएको बताउन थालेपछि आफूले गठबन्धन गरेको बताएका ओलीले एमालेसँगको सहकार्य गरेकाले राप्रपा र जसपा राष्ट्रिय पार्टी बन्ने दाबीसमेत गरे ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ३ : २६ बजे

भोटेकोशी बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म

बहराइनमाथि ७ विकेटको शानदार जित, नेपालले गर्‍यो विजयी सुरुवात

काठमाडौं । एसीसी पुरुष प्रिमियर कप २०२६ मा नेपालले विजयी

घट्यो सुनको मूल्य, चाँदीको स्थिर

काठमाडौं । सुनको भाउ आजसहित ४ दिनमा १५ हजार ५

गुल्मीमा टिप्पर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चालक नियन्त्रणमा

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका-५, डुकुर्तीमा टिप्पर र मोटरसाइकल एक

‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’

धनुषा । धनुषाकी पूजा साह सिंहका लागि पछिल्ला दिन सामान्य