५ पुस २०८२, शनिबार | December 20, 2025

प्रचण्ड दक्षिणपन्थीको शरणमा पुगे : ओली



सुर्खेत । एमाले अध्यक्ष केपी ओलीले प्रचण्ड दक्षिणपन्थीका शरणमा पुगेको आरोप लगाएका छन् ।

सरकार सहज रूपमा चलाउन नदिएपछि ताजा जनादेशका लागि संसद् विघटन गरेको उनको भनाइ छ । उनले संसद् विघटन सही नै भएको दाबी पनि गरेका छन् ।

आइतबार कालिकोटको रास्कोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दैै ओलीले उल्टै गठबन्धनले नै प्रतिगमन गरेको आरोप लगाए । ‘हामीले राष्ट्रिय हितका विषयमा शिर झुकाएर कुरा गरेनौँ, एमालेले प्रतिगमन गर्‍यो रे,’ ओलीले भने, ‘माओवादीलाई साथमा लिएर ३६ सिट जितायौँ, तर सहमति तोडे, दक्षिणपन्थी शक्तिसँग मिलेर सरकार टुटाउने काम गरे, जहिले नक्कली कुरा गरे । ’

केही दिनअघि माओवादी अध्यक्ष प्रचण्ड रास्कोट पुगेर ओलीलाई प्रतिगमनकारी भनेका थिए । ओलीले त्यसको जवाफ दिँदै भने, ‘कांग्रेसका पछाडि लागेर रास्कोट आएर प्रतिगमन गर्‍यो रे । मैले प्रतिगमन गर्ने काम कहिलै गरिनँ ।’

‌‍ओलीले अर्काको देशको हतियार ल्याएर प्रचण्डले नेपाली जनताको घाँटी रेट्ने काम गरेको आरोपमसमेत लगाए । ‘मैले कहिलै प्रतिगमन गर्ने काम गरिनँ, प्रचण्ड जस्तो बरु प्रतिगमका विरुद्धमा लड्नु छ,’ ओलीले भने, ‘देउवाहरू प्रतिगमन जोगाएँ भन्दै हुनुहुन्छ, म भन्छु यति पाउनुभएको छ भने अहिलै ल्याएर बुझाइदिनुहोस् ।’

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  २ : १५ बजे

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक