५ जेष्ठ २०८३, मंगलबार | May 19, 2026

दार्चुलामा दुई गठबन्धनका कार्यकर्ताबीच झडप, दुई जना घाइते



धनगढी । दार्चुलामा सत्तारुढ गठबन्धन र एमाले सहितको गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । आइतबार दिउँसो जिल्लाको नौगाड गाउँपालिकामा चुनावी प्रचाररप्रसारका क्रममा दुई समूहबीच भएको विवाद पछि झडप भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश शाहीले बताए ।

झडपमा परी नौगाढ गाउँपालिका ५ का अन्दाजी २२र२३ वर्षीय निरे ठगुन्ना र नौगाढ गाउँपालिका ६ का अन्दाजी ३४र३५ वर्षीय जयभान धामी घाइते भएका उनले बताए । घाइते मध्य निरे गठुन्ना एमालेका कार्यकर्ता हुन् भने जयसिंह धामी कांग्रेस कार्यकर्ता हुन् ।

घाइते जयभान धामीको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि धनगढी रेफर गरिएको सूचना अधिकारी शाहीले बताए । अर्का घाइते निरे ठगुन्नाको अवस्था सामान्य रहेको र उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको उनले  प्रहरीले जनाएको छ ।

झडपमा परेका धामी बेहोस रहेको र जिल्लामा उपचार हुन सम्भव नभएपछि उनलाई धनगढी ल्याउन पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ८ : १९ बजे

धितोपत्र बोर्ड अध्यक्षका लागि ४ जना सर्टलिस्ट, शुक्रबार छलफलपछि सिफारिस हुने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ अध्यक्षका लागि

प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदनसँगै सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा डा. मनोजकुमार

दुर्गा प्रसाईंविरुद्ध तीन दिनको म्याद थप

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरी अनुसन्धानका

प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा डा. मनोजकुमार शर्माको नाम

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड