१५ बैशाख २०८१, शनिबार | April 28, 2024

विश्व मधुमेह दिवस : उपचारको एउटै विधिपूर्वक सचेतना एकमात्र उपाय



बुटवल । मधुमेहलाई अङ्ग्रेजीमा डायबिटिज, डायबिटिज मिलाइटस वा डायबिडिज मलाइटस भनिन्छ भने नेपालीमा चिनीरोग भनेर पनि चिनिन्छ । मानव शरीरमा हुने विभिन्न रासायनिक प्रतिक्रियाका कारण रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने रोगहरूलाई सामूहिक रूपमा अङ्ग्रेजीमा डायबिटिज मिलाइटस भन्ने गरिन्छ । रगतमा चिनीको मात्रा बढी भएपछि तारनतार पिसाब लाग्ने, धेरै तिर्खा र भोक लाग्ने जस्ता लक्षणहरू देखिन्छन् । उपचार गरेन भने मधुमेहले धेरै जटिलताहरू निम्त्याउन सक्छ। छोटो अवधिका लागि देखिने कडा खालका जटिलताहरू डायबेटिक केटोएसिडोसिस र नन्केटोटिक हाइपरोस्मोलार कोमा हुन् भने लामो अवधिसम्म रहने जटिलताहरूमा मुटु तथा रक्तनलीका रोगहरू (कार्डियोभास्कुलर डिजिजेज), स्ट्रोक, मिर्गौलाको खराबी, खुट्टामा हुने अल्सर तथा आँखामा खराबी आउने जस्ता समस्याहरू पर्दछन् । मधुमेह पेन्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेमा वा उत्पादन भएको इन्सुलिनप्रति शरीरका कोषहरूले राम्रोसँग प्रतिक्रिया जनाउन नसकेमा उत्पन्न हुने समस्या हो । प्रस्तुत छ विश्व मधुमेह दिवसको सन्दर्भमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडौंका बरिष्ठ मधुमेह तथा थाइराइड विशेषज्ञ नरेश पराजुलीसाग् गरिएको कुराकानीको सारसंक्षप अंश :

मधुमेह रोग डरलाग्दो रुपमा विश्वभर मृत्युको कारण बनिरहेको छ । नसर्ने रोग मधुमेह चार प्रकारका छन । यसमध्ये टाईप टु मधुमेहको रोगीको संख्या ९५ प्रतिशत छ । विश्वमा प्रत्येक ११ जनामध्ये १ जनामा यो रोग हुने अध्ययनमा देखिएको छ । शुरुवातमा लक्षण नदेखिने र देखिएपछि पनि मानिसहरुमा लक्षण र समस्या ढिलो देखिने कारण पनि खासै यो रोगको निदानमा चुनौती रहेको छ ।

मधुमेहका कारण अँखा, मृगौला, मुटुका समस्याहरु देखिने गर्दछ । केवल उपचारबाटमात्र यो रोग निको हुने सम्भावना छैन । सबै वर्ग, उमेर समुहमा बच्ने उपायबारे सुचना लैजान जरुरी रहेको देखिन्छ । एक तथ्याकबाट प्रत्येक ३ जनामधुमेहको रोगीमध्ये १ जनामा मुटुको रोगी देखिने र अधिकासमा मृगौलाका रोग देखिने गरेको पुष्टि भएको छ ।

मधुमेहकै अर्को गर्भकालिन मधुमेह पनि डरलाग्दो रुपमा देखिएको छ । यसको कारण ४ जना बच्चा जन्माउनेमध्ये १ जना आमालाई मधुमेह हुने गरेको छ । प्रि डाईविटिजको चरणमा नै पहिचान गर्न सके ५८ प्रतिशत रोग लाग्न अघि नै रोक्न सकिने देखिएको छ । जोखिममा रहेका समुहलाई सम्झाई बुझाई गर्नसके धेरै फाईदामिल्ने हुन्छ । विश्व स्वस्थ्य संगठनले ४० वर्षमुनिको मृत्युलाई रोक्ने अभियान नै थालेको छ । मधुमेह हुदैमा लक्षण नआउने र ढिलो समस्या देखिने कारण मानिसहरु हेलचेक्राई गर्ने गरेको पाउछौ ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ७ : ११ बजे

पाल्पाको तिनाउ सिमखोलामा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरको ठक्करबाट एक

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म