काठमाडौं । देशका अधिकांस स्थनमा चुनावी तालमेल गरेका एमाले र राप्रपाकाबीच राजधानी काठमाडौमा भने झडपको अवस्था सृजना भएको छ । राजधानीको क्षेत्र नम्बर ५ काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यालय तोडफोड गरि एमालेको झण्डा र ब्यानर राखिएपछि दुइपार्टीबीच झडपको अवस्था आएको हो ।
कार्यालयबाट राप्रपाका ब्यानर, झण्डा च्यातेर एमालेको झण्डा र ब्यानर लगाइएको छ। त्यस्तै कार्यालयका केही अत्यावश्यक सामानहरू पनि चोरी भएको राप्रपाले आरोप लगाएको छ ।
राप्रपाका कार्यकर्ताले चोरी तथा तोडफोडमा संलग्न भएको भन्दै एमाले कार्यकर्ताहरूको नाम किटान गरेर प्रहरीमा उजुरी दिएको स्रोतले दाबी गरेको छ । जबरजस्ती लगाएको एमालेको झण्डा र ब्यानर पनि राप्रपाका कार्यकर्ताले हटाएका छन् ।
काठमाडौं क्षेत्र नम्बर ५ मा राप्रपाबाट प्राध्यापक डा। रामप्रसाद उप्रेती उम्मेदवार छन् भने एमालेबाट ईश्वर पोखरेल र सत्ता गठबन्धनबाट कांग्रेस नेता प्रदीप पौडेल चुनावी प्रतिस्पर्धामा छन्।



















प्रतिक्रिया