५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

तेह्रथुममा निर्वाचनको सम्पूर्ण तयारी पूरा



तेह्रथुम । तेह्रथुममा आइतबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत जिल्लाका सबै मतदानस्थलमा मतपत्र, मतपेटिकालगायतका निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मीको टोली पठाइसकिएको जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले जनाएको छ ।

तेह्रथुममा ५६ स्थायी र एक अस्थायी गरी जम्मा ५७ मतदानस्थल रहेका छन् । त्यस्तै ९३ स्थायी र एउटा अस्थायी केन्द्र रहेको छ । सात महिलासहित जम्मा ९४ मतदान अधिकृत निर्वाचनमा खटाइएको निर्वाचन कार्यालयले जनाएको छ ।

मतदान प्रक्रिया सम्पन्न गर्न जिल्लामा खटिएकामध्ये २० जना सहायक मतदान अधिकृत महिला छन् । तेह्रथुमका लागि महिला दुई सय ३२ र पुरुष पाँच सय १५ गरी जम्मा सात सय ४७ कर्मचारी खटिएको जिल्ला निर्वाचन अधिकारी निराज शर्माले जानकारी दिए ।

म्याङलुङ नगरपालिकामा १० मतदानस्थलमा १९ केन्द्र, लालीगुराँस नगरपालिकामा नौ मतदानस्थलमा १८ केन्द्र, मेन्छ्यायेम गाउँपालिकामा छ मतदानस्थलमा आठ केन्द्र, फेदाप गाउँपालिकामा १० मतदानस्थलमा १६ केन्द्र, छथर गाउँपालिकामा आठ मतदानस्थलमा १५ मतदान केन्द्र र आठराई गाउँपालिकामा १३ मतदानस्थलमा १७ वटा मतदान केन्द्र छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ९ : १२ बजे

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन