२ असार २०८३, मंगलबार | June 16, 2026

तेह्रथुममा निर्वाचनको सम्पूर्ण तयारी पूरा



तेह्रथुम । तेह्रथुममा आइतबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत जिल्लाका सबै मतदानस्थलमा मतपत्र, मतपेटिकालगायतका निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मीको टोली पठाइसकिएको जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले जनाएको छ ।

तेह्रथुममा ५६ स्थायी र एक अस्थायी गरी जम्मा ५७ मतदानस्थल रहेका छन् । त्यस्तै ९३ स्थायी र एउटा अस्थायी केन्द्र रहेको छ । सात महिलासहित जम्मा ९४ मतदान अधिकृत निर्वाचनमा खटाइएको निर्वाचन कार्यालयले जनाएको छ ।

मतदान प्रक्रिया सम्पन्न गर्न जिल्लामा खटिएकामध्ये २० जना सहायक मतदान अधिकृत महिला छन् । तेह्रथुमका लागि महिला दुई सय ३२ र पुरुष पाँच सय १५ गरी जम्मा सात सय ४७ कर्मचारी खटिएको जिल्ला निर्वाचन अधिकारी निराज शर्माले जानकारी दिए ।

म्याङलुङ नगरपालिकामा १० मतदानस्थलमा १९ केन्द्र, लालीगुराँस नगरपालिकामा नौ मतदानस्थलमा १८ केन्द्र, मेन्छ्यायेम गाउँपालिकामा छ मतदानस्थलमा आठ केन्द्र, फेदाप गाउँपालिकामा १० मतदानस्थलमा १६ केन्द्र, छथर गाउँपालिकामा आठ मतदानस्थलमा १५ मतदान केन्द्र र आठराई गाउँपालिकामा १३ मतदानस्थलमा १७ वटा मतदान केन्द्र छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ९ : १२ बजे

विश्वकप हेर्न अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

नेप्से परिसूचकमा गिरावट जारी

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

दलित समुदायको इतिहास झल्काउने ‘लुहारेकोट’

कालीकोट । दलित समुदायको इतिहास झल्काउने लुहारेकोट विकसित हुँदै गएको

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौं । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत