१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

लुम्बिनी प्रदेशमा उल्लासपूर्ण मतदान, सुरक्षा व्यवस्था कडा



भैरहवा । प्रतिनिधि र प्रदेशसभा निर्वाचन उल्लासपूर्णरुपमा सुरु भएको छ । देशैभर बिहान ७ बजेबाट मतदान सुरु भएको हो । बेलुका पाँच बजेसम्म चल्ने मतदानमा मतदाताको उल्लेख्य सहभागिता रहेको छ । शिर्ष नेताहरु सहित अधिकांश उम्मेदवारहरुले मतदान गरिसकेका छन् ।

रुपन्देहीका बिभिन्न मतदान केन्द्रहरुमा मतदाताहरु बिहानैदखि लाइनमा बसेर मतदान गरिरहेका छन् । अहिलेसम्म शान्तिपूर्ण मतदान भइरहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार आज मतदानका दिन जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका कर्मचारी र म्यादी प्रहरी व्यापक परिचालन गरिएको छ । सुरक्षाकर्मीले ठाउँठाउँमा चेकजाँच र गस्ती गरिरहेका छन् ।

रुपन्देही सहित लुम्बिनी प्रदेशका अधिकांश हेबिवेट नेताहरुले मतदान पनि गरिसकेका छन् । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेलले बुटवलबाट मतदान गरेका छन् । यस्तै एमाले महासचिव शंकर पोखरेल, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, काँग्रेस नेता डा.चन्द्र भण्डारीले पनि मतदान गरिसकेका छन् ।

यसैगरी बामपन्थी नेता एवं रुपन्देही क्षेत्र नम्बर १ का उम्मेदवार घनश्याम भुसाल, राप्रपाका दीपक बोहराले पनि मतदान गरिसकेका छन् । दाङबाट पूर्वसभामुख कृष्णबहादुर महरा, शहरी विकास मन्त्री मेटमणि चौधरी, पाल्पाबाट एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेले पनि मतदान गरिसकेका छन् ।

नवलपरासीबाट काँग्रे नेता एवं पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल लगायतले पनि मतदान गरिसकेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ११ : ४६ बजे

एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : प्रदेशमन्त्री श्रेष्ठ

हेटौँडा । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक (एडिबी)

कृषि मन्त्रालयका सहसचिव बर्खास्त

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. कमलराज