२० माघ २०८२, मंगलबार | February 3, 2026

लुम्बिनी प्रदेशमा उल्लासपूर्ण मतदान, सुरक्षा व्यवस्था कडा



भैरहवा । प्रतिनिधि र प्रदेशसभा निर्वाचन उल्लासपूर्णरुपमा सुरु भएको छ । देशैभर बिहान ७ बजेबाट मतदान सुरु भएको हो । बेलुका पाँच बजेसम्म चल्ने मतदानमा मतदाताको उल्लेख्य सहभागिता रहेको छ । शिर्ष नेताहरु सहित अधिकांश उम्मेदवारहरुले मतदान गरिसकेका छन् ।

रुपन्देहीका बिभिन्न मतदान केन्द्रहरुमा मतदाताहरु बिहानैदखि लाइनमा बसेर मतदान गरिरहेका छन् । अहिलेसम्म शान्तिपूर्ण मतदान भइरहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार आज मतदानका दिन जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका कर्मचारी र म्यादी प्रहरी व्यापक परिचालन गरिएको छ । सुरक्षाकर्मीले ठाउँठाउँमा चेकजाँच र गस्ती गरिरहेका छन् ।

रुपन्देही सहित लुम्बिनी प्रदेशका अधिकांश हेबिवेट नेताहरुले मतदान पनि गरिसकेका छन् । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेलले बुटवलबाट मतदान गरेका छन् । यस्तै एमाले महासचिव शंकर पोखरेल, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, काँग्रेस नेता डा.चन्द्र भण्डारीले पनि मतदान गरिसकेका छन् ।

यसैगरी बामपन्थी नेता एवं रुपन्देही क्षेत्र नम्बर १ का उम्मेदवार घनश्याम भुसाल, राप्रपाका दीपक बोहराले पनि मतदान गरिसकेका छन् । दाङबाट पूर्वसभामुख कृष्णबहादुर महरा, शहरी विकास मन्त्री मेटमणि चौधरी, पाल्पाबाट एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेले पनि मतदान गरिसकेका छन् ।

नवलपरासीबाट काँग्रे नेता एवं पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल लगायतले पनि मतदान गरिसकेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ११ : ४६ बजे

निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू