७ आश्विन २०८३, बुधबार | September 23, 2026

रुपन्देहीमा खस्यो ५२ प्रतिशत मत, आजैबाट मतगणना गर्ने तयारी



भैरहवा । रुपन्देहीमा ५२ प्रतिशत मत खसेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मतदान विहान ७ बजेबाट सुरु भएकोमा दिउँसो ३ बजेसम्म ५२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

बिहानदेखि नै मतदाता आउने क्रम जारी रहे पनि स्थानीय तहको निर्वाचन जस्तो उत्साह मतदाताहरूमा छैन । साँझ ५ बजेसम्म हुने निर्वाचनमा रुपन्देहीमा ६ लाख ३८ हजार ९५२ जनालाई मताधिकार भए पनि हालसम्म ५२ प्रतिशत मत खसेको निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले जानकारी दिए ।

कार्यालयका अनुसार जिल्लामा राष्ट्रिय दल सहित ३६  राजनीतिक दल मध्ये २८ राजनितिक दल चुनावी प्रतिष्पर्धामा सहभागी छन् । ५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा १५ पदका लागि २०३ जनाले उम्मेदवारी दिएका छन । ८ अन्य, ३ लाख २७ हजार ४ सय ३३ पुरुष र ३ लाख ११ हजार ५ सय ११  महिलाले मत हाल्न पाउनेछन् ।

जिल्लाका अधिकांस मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन अधिकारी भण्डारीले जानकारी दिए । साँझ ५ बजेसम्म मतदान स्थलमा प्रवेश गरेकाहरुले मतदान गर्न पाउने छन ।

रुपन्देहीमा २०८ मतदान स्थलमा ७०२ मतदान केन्द्र छन् । पाँचवटा अस्थायी मतदाताका लागि स्थल थपिएको छ । मतगणनाका लागि निर्वाचन आयोगले मतगणनास्थलमा आवश्यकताअनुसार व्यवस्थापन गरिसकेको र राति १० बजे देखि मतगणनाको तयारी भइरहेको जनाएको छ ।

सुरक्षाका लागि नेपाल प्रहरी र म्यादी प्रहरी मतदान स्थलमा तैनाथ छन् । मतदानस्थलमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ३ : २८ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११