१७ माघ २०८२, शनिबार | January 31, 2026

बाँके-३ : सकियो मतदान, मतगणना स्थलमा मत पेटिका आउन थाल्यो (फोटोफिचर)



खजुरा । बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा शान्तिपूर्ण मतदान कार्य सम्पन्न भएको छ । क्षेत्र नम्बर ३ को ४८ मतदान स्थलको १३० मतदान केन्द्रबाट मतपेटिका मतगणनास्थल ल्याउने क्रम शुरु भएको छ ।

५६३५६ पुरुष, ५६९६५ महिला र एकजना अन्य गरि ११३३२२ मतदाता रहेको क्षेत्र नम्बर ३ मा कवि ६० प्रतिशत मत खसेको निर्वाचन अधिकृत प्रकाश बहादुर भण्डारीले जानकारी दिए । केही मतदान स्थलबाट विवरण आउन बाकी रहेको उल्लेख गर्दै भण्डारीले सरदर सबै मतदान केन्द्रमा ६० प्रतिशतको अनुपातमा मत खसेको बताए ।

क्षेत्रभरीबाट प्रत्यक्ष र समानुपातिक गरि ५२० मटपेटिका मतगणना स्थल कपास विकास समितिको प्रधान कार्यालयमा द्ययाउने क्रम शुरु भएको छ । सबै मटपेटिकाको भण्डारण गर्ने र दलहरुबीच बैठक बसेर कार्यबिधि बने लगत्तै मतगणना शुरु हुने निर्वाचन अधिकृत भण्डारीले बताए । मतगणनास्थलमा तारजाली सहित सीसी क्यामेरा जडान गरिएको छ ।

क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार किस्मत कक्षपति र सत्ता गठबन्धनका उम्मेदवार किशोरसिंह राठोर बीच प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ६ : ४२ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक