४ श्रावण २०८३, सोमबार | July 21, 2026

बाँके-३ : सकियो मतदान, मतगणना स्थलमा मत पेटिका आउन थाल्यो (फोटोफिचर)



खजुरा । बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा शान्तिपूर्ण मतदान कार्य सम्पन्न भएको छ । क्षेत्र नम्बर ३ को ४८ मतदान स्थलको १३० मतदान केन्द्रबाट मतपेटिका मतगणनास्थल ल्याउने क्रम शुरु भएको छ ।

५६३५६ पुरुष, ५६९६५ महिला र एकजना अन्य गरि ११३३२२ मतदाता रहेको क्षेत्र नम्बर ३ मा कवि ६० प्रतिशत मत खसेको निर्वाचन अधिकृत प्रकाश बहादुर भण्डारीले जानकारी दिए । केही मतदान स्थलबाट विवरण आउन बाकी रहेको उल्लेख गर्दै भण्डारीले सरदर सबै मतदान केन्द्रमा ६० प्रतिशतको अनुपातमा मत खसेको बताए ।

क्षेत्रभरीबाट प्रत्यक्ष र समानुपातिक गरि ५२० मटपेटिका मतगणना स्थल कपास विकास समितिको प्रधान कार्यालयमा द्ययाउने क्रम शुरु भएको छ । सबै मटपेटिकाको भण्डारण गर्ने र दलहरुबीच बैठक बसेर कार्यबिधि बने लगत्तै मतगणना शुरु हुने निर्वाचन अधिकृत भण्डारीले बताए । मतगणनास्थलमा तारजाली सहित सीसी क्यामेरा जडान गरिएको छ ।

क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार किस्मत कक्षपति र सत्ता गठबन्धनका उम्मेदवार किशोरसिंह राठोर बीच प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ६ : ४२ बजे

प्रहरीबाट “लागू औषध मुक्त खजुरा अभियान” संचालन

खजुरा । पछिल्लो समय लागू औषधको मुख्य बजार बन्दै गएको

पूँजीगत खर्चको निराशा र राजस्व सङ्कलनको कमजोरी सच्याउन सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

विपद्का बेला कार्यालय नछोड्न स्थानीय तहका कर्मचारीलाई निर्देशन

काठमाडौं । देशका विभिन्न भागमा अविरल वर्षा, बाढी, पहिरो लगायतका

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा