१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

बाँकेमा ६५ दशमलव ७ प्रतिशत मत खस्यो, यसरी शुरु हुँदैछ मतगणना



नेपालगन्ज । बाँकेमा प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । जिल्लका १३८ मतदान स्थलका ३८० मतदान केन्द्रहरुमा शान्तिपूर्णरुपमा मतदान कार्य सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।

३ लाख ३२ हजार २३१ मतदाता रहेको बाँकेमा २ लाख १८ हजार ३४९ मत खसेको छ । तदअनुसार बाँकेमा ६५ दशमलव ७ प्रतिशत मत खसेको कार्यालयले जानकारी दिएको छ । जसमा पुरुष १ लाख ६ हजार ३२२ जना पुरुष र १ लाख १२ हजार २४ जना महिला तथा ३ जना तेस्रो लिङ्गीले मतदान गरेका छन् ।

मतपेटिकाहरु मतगणनास्थल पुर्याउने कार्य जारी रहेको र मतपेटिका भण्डारण पछि दलहरुसँग बैठक बस्ने जिल्ला निर्वाचन अधिकारी रमा पन्तले जानकारी दिइन् । दलहरुको सहमतिमा त्यस लगत्तै मतगणना शुरु हुने उनले बताइन् ।

बाँकेका ३ वटै निर्वाचन क्षेत्रमा कुनै बल प्रयोग गर्नु पर्ने अवस्था नआइ मतदान सम्पन्न् भएको बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए । मतदाता र दलहरुको संयमताले बाँकेमा शान्तिपूर्ण वातावरणमा मतदान सकिएको उनले बताए ।

बाँके १ को मतगणना राप्तीसोनारी गाँउपालिका कार्यालय अगैयामा, क्षेत्र नम्बर २ को भेरी प्राविधिक शिक्षालय नेपालगन्जमा र क्षेत्र नम्बर ३ को मतगणना कपास विकास समिति, खजुरामा हुँदैछ ।

बाँकेमा तीन जना प्रतिनिधि सभा र ६ जना प्रदेश सभा सदस्यका लागि ८९ जनाले प्रतिस्पर्धा गरिरहेका छन्।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ७ : ५४ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना