२२ माघ २०८२, बिहिबार | February 5, 2026

बाँकेमा ६५ दशमलव ७ प्रतिशत मत खस्यो, यसरी शुरु हुँदैछ मतगणना



नेपालगन्ज । बाँकेमा प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । जिल्लका १३८ मतदान स्थलका ३८० मतदान केन्द्रहरुमा शान्तिपूर्णरुपमा मतदान कार्य सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।

३ लाख ३२ हजार २३१ मतदाता रहेको बाँकेमा २ लाख १८ हजार ३४९ मत खसेको छ । तदअनुसार बाँकेमा ६५ दशमलव ७ प्रतिशत मत खसेको कार्यालयले जानकारी दिएको छ । जसमा पुरुष १ लाख ६ हजार ३२२ जना पुरुष र १ लाख १२ हजार २४ जना महिला तथा ३ जना तेस्रो लिङ्गीले मतदान गरेका छन् ।

मतपेटिकाहरु मतगणनास्थल पुर्याउने कार्य जारी रहेको र मतपेटिका भण्डारण पछि दलहरुसँग बैठक बस्ने जिल्ला निर्वाचन अधिकारी रमा पन्तले जानकारी दिइन् । दलहरुको सहमतिमा त्यस लगत्तै मतगणना शुरु हुने उनले बताइन् ।

बाँकेका ३ वटै निर्वाचन क्षेत्रमा कुनै बल प्रयोग गर्नु पर्ने अवस्था नआइ मतदान सम्पन्न् भएको बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए । मतदाता र दलहरुको संयमताले बाँकेमा शान्तिपूर्ण वातावरणमा मतदान सकिएको उनले बताए ।

बाँके १ को मतगणना राप्तीसोनारी गाँउपालिका कार्यालय अगैयामा, क्षेत्र नम्बर २ को भेरी प्राविधिक शिक्षालय नेपालगन्जमा र क्षेत्र नम्बर ३ को मतगणना कपास विकास समिति, खजुरामा हुँदैछ ।

बाँकेमा तीन जना प्रतिनिधि सभा र ६ जना प्रदेश सभा सदस्यका लागि ८९ जनाले प्रतिस्पर्धा गरिरहेका छन्।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ७ : ५४ बजे

लायन्स क्लब अफ बुटवल लालीगुराँसको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल लालीगुँरासले विहिबार बुटवलको नरैनापुुरमा

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद