४ पुस २०८२, शुक्रबार | December 19, 2025

चितवनमा मतगणना गरिँदै



चितवन । तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लाका सबै क्षेत्रमा आज बिहानबाट मत गणनाको तयारी गरिएको छ ।

आइतबार राति अबेरसम्म मतपेटिका ल्याउन र बुझ्न समय लागेपछि आज बिहान सर्वदलीय बैठक राखिएको छ ।

मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार सर्वदलीय बैठकपछि मत गणना गरिर्दै छ । क्षेत्र नम्बर १ र २ ले बिहान ८ वजेका लागि सर्बदलिय बैठक बोलाएका छन् । क्षेत्र नम्बर ३ ले बिहान ९ वजे सर्बदलिय बैठक बोलाएको छ । बैठक पछि लगत्तै गणनाको तयारी गरिएको छ ।

जिल्लाको क्षेत्र नं १ मा ६८.७३ प्रतिशत मत खसेको छ । सो क्षेत्रमा १ लाख ३९ हजार ८४५ मतदाता रहेका छन् । क्षेत्र नम्बर २ मा ६७।३ प्रतिशत मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार २१४ मतदाता रहेका छन् ।

क्षेत्र नम्बर ३ मा ६५.४१ प्रतिशत मात्रै मत खसेको यहाँका निर्वाचन अधिकृत हरिसिं धामीले जानकारी दिए । यस क्षेत्रमा एक लाख ४४ हजार २८३ मतदाता छन् । जिल्लाभर चार लाख आठ हजार ३४२ मतदाता रहेका छन् ।

उनीहरु मध्ये महिला २ लाख ९ हजार ३०९ र पुरुष एक लाख ९९ हजार ३२ जना रहेका छन् । १ सय ६१ मतदान स्थलमा ४ सय ६० मतदान केन्द्र रहेका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ८ : २५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको