१७ माघ २०८२, शनिबार | January 31, 2026

जय पराजय सामान्य हो सहज रूपमा लिएको छु : झाँक्री



काठमाडौं । एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आफ्नो पराजयलाई सामान्य प्रक्रियाका रुपमा लिएको बताएकी छिन् ।

अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै सामाजिक सञ्जालमार्फत मन्तव्य जारी गर्दै यसलाई सहज रुपमा लिएको जनाएकी हुन् ।

यद्यपि, पछिल्लो केही समय अत्यन्तै रोमान्चक रहेको र ज्ञानको हिसाबले कुनै प्रशिद्ध विश्वविद्यालयमा पढेभन्दा बढी ठानेको उनको भनाइ छ । उनले भनेकी छिन्, ‘समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिँधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ। यो साढे दुई दशकमा समाजलाई जसरी Depoliticization  (एक प्रकारको गलत प्रयोग) गरिएको रहेछ चाहीँ लोकतन्त्रको लागि गम्भीर छ । डर लाग्दो छ । जय र पराजय सामान्य प्रक्रिया हुन् । मैले अत्यन्तै सहज रूपमा लिएको छु ।’

उनले आफ्ना पक्षमा हजारौं मतदाताले अभिमत दिएको र यसप्रति म सधैँ ऋणी  रहने बताएकी छिन् । निर्वाचनमा सहभागी सबै मतदाता, सबै तहका निर्वाचन परिचालन संयन्त्रका  सदस्य, गठबन्धन दलका नेतृत्वगण र नेताकार्यकर्ता, सुरक्षाकर्मी, कर्मचारी, स्वयंसेवक र पत्रकारहरूलाई धन्यवाद दिएकी छिन् ।

उनले निर्वाचनमा विजयी भएका प्रतिस्पर्धी गोकर्ण विष्टलाई बधाई र सफल कार्यकालको शुभकामनामा दिएकी छिन् । पराजित भए पनि गुल्मी जिल्लाको समग्र विकास र समृद्धीको यात्रामा म सधैँ साथ रहने प्रतिबद्धता जनाएकी छिन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १ : १८ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक