३० श्रावण २०८३, शनिबार | August 16, 2026

मतपेटिका खोल्दा अर्घाखाँचीमा भेटियो मतदाताको पत्र, के छ त्यसमा !



अर्घाखाँची । अर्घाखाँची । सन्धिखर्क नगरपालिकाको एक मतपेटिका खन्याउँदा पत्र भेटिएको छ ।

गणक दामोदर आचार्यका अनुसार पत्रमा मतदाताले उम्मेदवार चयनप्रति नै असन्तुष्टि जनाएका छन् ।

गणक आचार्यले भने, ‘शुरुमा त खाली मतपत्र भेटिएपछि सबै आश्चर्यचकित भए । पछि पत्र खोलेर हेर्दा भने पत्रले भावुक बनायो । खाली मतपत्रलाई बेरेर राखिएको पत्रमा मतदाताले उम्मेदवारहरूप्रति तीव्र असन्तुष्टी जनाएका छन् । एक पेजको पत्रमा मतदाताले जनताको कालो दिन भनेका छन् ।’

पटक पटक परीक्षण भएकाहरूलाई के मत दिनु ? ती मतदाताले यिनै जनप्रतिनिधिबाट जिल्लाको विकास नहुने जनाएका छन् । उनले लेखेका छन्, ‘आगामी निर्वाचनमा सन्धिखर्क नगरपालिकाको नगर प्रमुख पद जितेर कसरी काम गरेन सकिन्छ भनेर आफूले देखाउने दाबी समेत गरेका छन् ।’

उनले थप लेखेका छन्– मत गन्दै गरेको तपाईँहरूलाई पनि लागेको होला, कस्तो व्यक्तिको मत गनेर विजयी घोषणा गर्नुपरेको छ । ती मतदाताले सन्धिखर्क–गोरुसिंगे सडक, अस्पताल, कलेज, सन्धिखर्कको जग्गा अतिक्रमण जस्ता विषयमा एक पटक सोच्न सबैलाई अनुरोध गरेका छन् ।

अर्घाखाँचीमा प्रतिनिधिसभा निर्वाचन अन्तर्गतको मतगणना चलिरहेको छ । एमालेका सचिव टोपबहादुर रायमाझीले अग्रता लिइरहदा कांग्रेस नेतृ पुष्पा भुसालले रायमाझीलाई पछ्याइरहेकी छिन् । राष्टिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसाल तेस्रो स्थानमा छन् । एमाले नेता रायमाझी र कांग्रेस नेतृ भुसाल यसअघि पनि पटक पटक अर्घाखाँचीबाट निर्वाचित हुँदै आएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १ : ५६ बजे

पाटन बारको अध्यक्षमा निरौला विजयी

काठमाडौँ । उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

खजुरा क्यान्सर अस्पतालमा आजबाट दैनिक नित्यपूजा अर्चना सहित स्वास्थ्यलाभका लागि प्रर्थना गरिने

नेपालगन्ज । धार्मिक अनुष्ठानबाट संकल्प गरिएको बाँकेको खजुरा स्थित सुशील

सरकारको विश्वसनीयता खस्किदै गएको छ : वरिष्ठ उपाध्यक्ष बैद्य

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको ३४ र ३५ ओै

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो