४ पुस २०८२, शुक्रबार | December 19, 2025

रास्वपाको विजय नयाँ राजनीतिक संस्कारको थालनी : शिशिर खनाल



काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौँ क्षेत्र नं ६ मा विजयी प्रतिनिधिसभा सदस्य शिशिर खनालले आफ्नो पार्टीको विजयले मुलुकमा नयाँ राजनीतिक संस्कारको थालनी भएको बताएका छन् ।

निर्वाचनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले रास्वपाभित्र व्यक्तिको विजय नभई नयाँ राजनीतिक संस्कारको थालनी भएको बताए । “नेपालको राजनीतिक कोर्ष नयाँ हुँदैछ”, खनालले भने ।

सीमित स्रोत र साधनका बाबजुद केही व्यक्तिबाट सुरु भएको अभियानले सार्थकता पाएको उनको भनाइ थियो । खनालले सम्पूर्ण नागरिकको हित गर्ने समाज तथा देशको उन्नयनमा सहयोग गर्ने जनताका मुद्दा र सवाललाई संसद्मा लैजाने उल्लेख गरे ।

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको आज सम्पन्न मतगणनाअनुसार खनालले १४ हजार दुई सय चार मत प्राप्त गरी निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ८ : ५७ बजे

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका