३० श्रावण २०८३, शनिबार | August 16, 2026

रास्वपाको विजय नयाँ राजनीतिक संस्कारको थालनी : शिशिर खनाल



काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौँ क्षेत्र नं ६ मा विजयी प्रतिनिधिसभा सदस्य शिशिर खनालले आफ्नो पार्टीको विजयले मुलुकमा नयाँ राजनीतिक संस्कारको थालनी भएको बताएका छन् ।

निर्वाचनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले रास्वपाभित्र व्यक्तिको विजय नभई नयाँ राजनीतिक संस्कारको थालनी भएको बताए । “नेपालको राजनीतिक कोर्ष नयाँ हुँदैछ”, खनालले भने ।

सीमित स्रोत र साधनका बाबजुद केही व्यक्तिबाट सुरु भएको अभियानले सार्थकता पाएको उनको भनाइ थियो । खनालले सम्पूर्ण नागरिकको हित गर्ने समाज तथा देशको उन्नयनमा सहयोग गर्ने जनताका मुद्दा र सवाललाई संसद्मा लैजाने उल्लेख गरे ।

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको आज सम्पन्न मतगणनाअनुसार खनालले १४ हजार दुई सय चार मत प्राप्त गरी निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ८ : ५७ बजे

पाटन बारको अध्यक्षमा निरौला विजयी

काठमाडौँ । उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

खजुरा क्यान्सर अस्पतालमा आजबाट दैनिक नित्यपूजा अर्चना सहित स्वास्थ्यलाभका लागि प्रर्थना गरिने

नेपालगन्ज । धार्मिक अनुष्ठानबाट संकल्प गरिएको बाँकेको खजुरा स्थित सुशील

सरकारको विश्वसनीयता खस्किदै गएको छ : वरिष्ठ उपाध्यक्ष बैद्य

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको ३४ र ३५ ओै

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो