३० श्रावण २०८३, शनिबार | August 16, 2026

म्याग्दीमा कांग्रेसका गर्बुजा विजयी



म्याग्दी । म्याग्दीमा लोकतान्त्रिक-वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बीर) विजयी भएका छन ।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचन अन्तर्गत उनले आफ्ना प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले भन्दा तीन हजार आठ सय ३२ मत बढी ल्याएर प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन ।

प्रतिनिधिसभा सदस्यमा एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा गर्बुजाले २४ हजार २१ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले जनाएको छ ।

जिल्लामा कूल ५० हजार छ सय २५ मत खसेकोमा गबुर्जाले २४ हजार २१ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी एमालेका श्रेष्ठले २० हजार १ सय ८९ मत प्राप्त गरेका छन ।

गत सोेमबार राति ९ बजेदेखि मत गणना सुरु गरिएको थियो । धवलागिरि गाउँपालिका-१ गुर्जाको मतदान केन्द्रको मत पेटिकाबाट सुरु भएको मतगणनामा गर्बुजाले सुरुआती चरणदेखि नै अग्रता लिँदै आएका थिए ।

जिल्लाभरी ८६ हजार एक सय २० मतदाता रहेकोमा ५० हजार छ सय २५ मत खसेको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ७ : ४९ बजे

पाटन बारको अध्यक्षमा निरौला विजयी

काठमाडौँ । उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

खजुरा क्यान्सर अस्पतालमा आजबाट दैनिक नित्यपूजा अर्चना सहित स्वास्थ्यलाभका लागि प्रर्थना गरिने

नेपालगन्ज । धार्मिक अनुष्ठानबाट संकल्प गरिएको बाँकेको खजुरा स्थित सुशील

सरकारको विश्वसनीयता खस्किदै गएको छ : वरिष्ठ उपाध्यक्ष बैद्य

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको ३४ र ३५ ओै

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो