१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

सिद्धान्त र आदर्शमा अघि बढ्न चाहे वाम एकता सम्भव छ : माधव नेपाल



काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वाम कम्युनिष्टका नाममा गलत प्रवृत्ति बोकेर हिँड्नेहरूसँग एकता सम्भव नरहेको बताएका छन् ।

बुधबार रौतहटमा आयोजित विजय र्‍यालीमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले भने,  ‘सिद्धान्त र आदर्शको निम्ति अगाडि बढ्न चाहेका हुन् भने वाम एकता सम्भव छ ।  तर वाम कम्युनिष्टका नाममा गलत प्रवृत्ति बोकेर हिँड्नेहरूसँग एकता हुन सक्दैन ।’

नेपाल रौतहट १ बाट विजयी भएका छन् । उनी ३३ हजार पाँच सय २२ मतसहित निकटतम प्रतिद्वन्द्वी एमालेकै अजयकुमार गुप्तालाई फराकिलो मतान्तरले पछि पार्दै विजयी भएका हुन्।

एमालेबाट विद्रोह गरेर नयाँ पार्टी निर्माण गरेका नेपालले यसपटक निर्वाचनमा आफूहरूले सोचे जस्तो परिणाम नआएको बताए । यद्यपि निर्वाचनका क्रममा भएका कमीकमजोरीलाई समीक्षा गरेर अघि बढ्नुपर्नेसमेत अध्यक्ष नेपालले बताए ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ४ : ०८ बजे

रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा

काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले

चिनिया विज्ञले औंल्याए हिमपहिरो विनाशकारी हुनुका चार प्रमुख कारण

बेइजिङ । दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने ग्यिरोङ काउन्टीमा

पलाञ्चोक भगवतीमा क्षमा पूजा

बनेपा । पलाञ्चोक भगवतीको मूर्तिमा आज क्षमा पूजा सम्पन्न गरिएको

Chinese President Xi extends condolences over mudslide disaster in Nepal

BEIJING : Chinese President Xi Jinping on Friday sent a