९ श्रावण २०८३, शनिबार | July 25, 2026

को हुन् एमाले महासचिव शंकर पोखरेल हराउने रेखा शर्मा ?



बुटवल । मुलुकको राजनीतिमा परिपक्व र सशक्त भूमिका खेल्दै आएकी रेखा शर्मा तेस्रोपटक सङ्घीय संसद्मा प्रवेश गरेकी छन् । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेललाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित गरी उनी सदन प्रवेश गरेकी हुन् ।

दाङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)की उम्मेदवार शर्मा २६ हजार आठ सय ७७ मत प्राप्त गरी विजयी भएकी हुन् । शर्माका निकटतम् प्रतिद्वन्द्वी एमाले महासचिव पोखरेलले २६ हजार छ सय ८१ मत प्राप्त गरेका थिए ।

अनेरास्ववियुको विद्यालय एकाइ कमिटीबाट विसं २०४२ बाट राजनीतिक यात्रा सुरु गरेकी शर्मा विसं २०५१ मा योङ्ग कम्युनिष्ट लिगको केन्द्रीय सदस्य हुँदै २०५७ मा नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्य भएकी थिइन् । उनीसँग अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको अध्यक्ष (२०५३–२०५८), समानुपातिक निर्वाचन प्रणालीबाट विसं २०७० मा संविधानसभा सदस्य तथा २०७४ मा प्रतिनिसभा सदस्य रही जिम्मेवारी सम्हालेको अनुभव छ ।

पिता गिरीराज शर्मा र माता पार्वती शर्मा पौड्यालको कोखबाट उनको जन्म विसं २०२६ असोज ९ गते भएको थियो । समाजशास्त्र विषयमा स्नात्तकोत्तर गरेकी शर्माका पति कृष्णध्वज खड्का पनि राजनीतिक क्षेत्रमै सक्रिय छन् । खड्का लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री छन् । दाङको घोराही उपमहानगरपालिका– १८ स्थायी घर भएकी शर्मा २०७२ कात्तिकदेखि २०७३ कात्तिकसम्म समान्य प्रशासनमन्त्री भएकी थिइन् ।

नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकीकरण भएपछि उनी नेकपाको केन्द्रीय सदस्य भइन् । उनी विसं २०७० मा नेकपा माओवादी संसदीय दलको सचेतक तथा रुपान्तरित व्यवस्थापिकामा माओवादी केन्द्रको प्रमुख सचेतकको जिम्मेवारीमा थिइन् ।

यसअघिको राज्यव्यवस्था तथा सुशासन समितिको सदस्य शर्मा सामाजिक न्याय र समानताको क्षेत्रमा विशेष रुचि राख्छिन् । सशस्त्र द्वन्द्वका समय विसं २०५८ देखि २०५९ चैतसम्म एक वर्ष सैनिक हिरासतमा बिताएकी शर्मा संविधानसभा पदकबाट विभूषित हुन् । करिब १० वर्ष भूमिगत जीवन बिताएकी शर्माका राजनीतिकलगायतका विषयमा फुटकर लेख, रचना प्रकाशित हुँदै आएका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ६ : २० बजे

कर्णालीका मुख्यमन्त्री कँडेलले दिए पदवाट राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो पदवाट राजीनामा

कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण

बागलुङ । धार्मिक महत्व बोकेको कालीगण्डकी नदी तटको निरयघाटमा हरिशयनी

समाजसेवी तथा कम्युनिष्ट नेता मिलन सापकोटाको सालिक अनावरण

खजुरा । बाँकेको खजुरामा रहेर लामो समय समाजसेवा सहित राजनीतिक

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कर्णाली । मुगुको कार्मारोङमा गाउँपालिका-५ पुलु बजारमा गएको ढुङ्गासहितको पहिरोमा

विद्यार्थी आन्दोलनले झुकायो भारत सरकारलाई, शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

काठमाडौं। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा