३ पुस २०८२, बिहिबार | December 18, 2025

को हुन् एमाले महासचिव शंकर पोखरेल हराउने रेखा शर्मा ?



बुटवल । मुलुकको राजनीतिमा परिपक्व र सशक्त भूमिका खेल्दै आएकी रेखा शर्मा तेस्रोपटक सङ्घीय संसद्मा प्रवेश गरेकी छन् । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेललाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित गरी उनी सदन प्रवेश गरेकी हुन् ।

दाङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)की उम्मेदवार शर्मा २६ हजार आठ सय ७७ मत प्राप्त गरी विजयी भएकी हुन् । शर्माका निकटतम् प्रतिद्वन्द्वी एमाले महासचिव पोखरेलले २६ हजार छ सय ८१ मत प्राप्त गरेका थिए ।

अनेरास्ववियुको विद्यालय एकाइ कमिटीबाट विसं २०४२ बाट राजनीतिक यात्रा सुरु गरेकी शर्मा विसं २०५१ मा योङ्ग कम्युनिष्ट लिगको केन्द्रीय सदस्य हुँदै २०५७ मा नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्य भएकी थिइन् । उनीसँग अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको अध्यक्ष (२०५३–२०५८), समानुपातिक निर्वाचन प्रणालीबाट विसं २०७० मा संविधानसभा सदस्य तथा २०७४ मा प्रतिनिसभा सदस्य रही जिम्मेवारी सम्हालेको अनुभव छ ।

पिता गिरीराज शर्मा र माता पार्वती शर्मा पौड्यालको कोखबाट उनको जन्म विसं २०२६ असोज ९ गते भएको थियो । समाजशास्त्र विषयमा स्नात्तकोत्तर गरेकी शर्माका पति कृष्णध्वज खड्का पनि राजनीतिक क्षेत्रमै सक्रिय छन् । खड्का लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री छन् । दाङको घोराही उपमहानगरपालिका– १८ स्थायी घर भएकी शर्मा २०७२ कात्तिकदेखि २०७३ कात्तिकसम्म समान्य प्रशासनमन्त्री भएकी थिइन् ।

नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकीकरण भएपछि उनी नेकपाको केन्द्रीय सदस्य भइन् । उनी विसं २०७० मा नेकपा माओवादी संसदीय दलको सचेतक तथा रुपान्तरित व्यवस्थापिकामा माओवादी केन्द्रको प्रमुख सचेतकको जिम्मेवारीमा थिइन् ।

यसअघिको राज्यव्यवस्था तथा सुशासन समितिको सदस्य शर्मा सामाजिक न्याय र समानताको क्षेत्रमा विशेष रुचि राख्छिन् । सशस्त्र द्वन्द्वका समय विसं २०५८ देखि २०५९ चैतसम्म एक वर्ष सैनिक हिरासतमा बिताएकी शर्मा संविधानसभा पदकबाट विभूषित हुन् । करिब १० वर्ष भूमिगत जीवन बिताएकी शर्माका राजनीतिकलगायतका विषयमा फुटकर लेख, रचना प्रकाशित हुँदै आएका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ६ : २० बजे

एमाले ११ औँ महाधिवेशन : सकियो मतदान, २२ सय २७ मत खस्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय

निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको