३ असार २०८३, बुधबार | June 17, 2026

रुपन्देही ३ मा कांग्रेसको पकड क्षेत्रमा हलोलाई कसरी भोट आयो भन्दै दुईघन्टा मतगणनामा विवाद



रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ३ को मतगणनामा राप्रपा नेता दिपक बोहराले अग्रता लिएपछि कांग्रेसका प्रतिनिधिले गणना कार्यमा अवरोध सृजना गरेका छन् ।

एमाले, राप्रपा र जसपाका तर्फबाट उम्मेदवार रहेका बोहरा कांग्रेस, माओवादि, एकिकृत समाजवादि, लोसपाको उम्मेद्वार तथा वर्तमान गृहमन्त्री बालकृष्ण खाण भन्दा ३६९ मतले अग्रता लिएपछि कांग्रेस प्रतिनिधिले विवाद सृजना गरेको एमाले नगर अध्यक्ष चक्रबहादुर थापाले जानकारी दिए ।

राति २ बजेदेखि शुरु भएको विवाद राति ४ बजे मात्रै समाधान भएको छ । दुईघन्टा सम्म कांग्रेस प्रतिनिधिले रुख चिन्हमा प्राप्त मत थोरै आएको प्रति आक्रोश व्यक्त गरेका थिए ।

कांग्रेस प्रतिनिधिले आफ्नो पार्टिले स्थानिय निर्वाचनमा जितेका वडामा पनि हलोमा कसरी मत गयो भन्दै विवाद सृजना गर्ने गरेको राप्रपाका जिल्ला सचिव बलराम शर्माले उल्लेख गरे ।
रुपन्देही ३ मा मतगणना भईरहदा कांग्रेसका उम्मेद्वार गृह मन्त्री खाण पछाडि पर्न थालेपछि विवाद हुने गरेको उनले बताए ।

पछिल्लो पटक सार्वजनिक भएको मतपरिणाम अनुसार राप्रपाका नेता दिपक बोहरा अगाडि बढेका छन् । उनले २५३५० मत ल्याएका छन् भने गृहमन्त्री बालकृष्ण खांणले २४९८१ मत ल्याएका छन् । मत परिणाम अनुसार खाण भन्दा बोहरा ३६९ मतले अगाडि छन् ।

बुधबार राती नेपाल प्रहरीका एकजना अधिकृतले गणना स्थलमा निर्वाचन आचारसंहिता बिपरित काम गरेको भन्दै राप्रपा, एमाले, जसपा र स्वतन्त्र लगायतले विरोध गरेका थिए । त्यसपछि गणना स्थलमा सशस्त्र प्रहरिले सुरक्षा हेर्दै आएको छ ।

मुख्य निर्वाचन अधिकृत कृष्णराम कोईरालाले छलफल गरेर र विवाद समाधान गरेपछि रातिी ४ बजेपछि पुनस् मतगणना शुरु भएको बताए । नचाहिने विषयमा विवाद निकालेर केही घन्टा गणना रोकाएको तर पछि मुख्य निर्वाचन अधिकृतको पहलमा मतगणना सुचारु भएको राप्रपा जिल्ला सचिव शर्माले बताए ।

 

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ७ : ०९ बजे

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा । झापाको गौरादहमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ

पैचोको ‘नेसनल सेल्स समिट’ सम्पन्न, स्वदेशी उत्पादनको बजारीकरण र कृषि उद्योग प्रवर्द्धनमा जोड

काठमाडौं । पैचो पसल प्रा.ली.ले देशभरका सेल्स प्रतिनिधीकाबीच नेसनल सेल्स

विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस आज : चरन क्षेत्र संरक्षण र पुनःस्थापनामा जोड

काठमाडौं । आज विश्वका विभिन्न देशमा ‘चरन क्षेत्रः पहिचान, सम्मान

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी

काठमाडौं । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउनेगरी आवश्यक

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित

काठमाडौं । कप्तान लियोनल मेसीको ह्याट्रिकमा अर्जेन्टिनाले अल्जेरियालाई पराजित गर्दै