११ चैत्र २०७९, शनिबार | March 26, 2023

रुपन्देही ३ मा कांग्रेसको पकड क्षेत्रमा हलोलाई कसरी भोट आयो भन्दै दुईघन्टा मतगणनामा विवाद



रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ३ को मतगणनामा राप्रपा नेता दिपक बोहराले अग्रता लिएपछि कांग्रेसका प्रतिनिधिले गणना कार्यमा अवरोध सृजना गरेका छन् ।

एमाले, राप्रपा र जसपाका तर्फबाट उम्मेदवार रहेका बोहरा कांग्रेस, माओवादि, एकिकृत समाजवादि, लोसपाको उम्मेद्वार तथा वर्तमान गृहमन्त्री बालकृष्ण खाण भन्दा ३६९ मतले अग्रता लिएपछि कांग्रेस प्रतिनिधिले विवाद सृजना गरेको एमाले नगर अध्यक्ष चक्रबहादुर थापाले जानकारी दिए ।

राति २ बजेदेखि शुरु भएको विवाद राति ४ बजे मात्रै समाधान भएको छ । दुईघन्टा सम्म कांग्रेस प्रतिनिधिले रुख चिन्हमा प्राप्त मत थोरै आएको प्रति आक्रोश व्यक्त गरेका थिए ।

कांग्रेस प्रतिनिधिले आफ्नो पार्टिले स्थानिय निर्वाचनमा जितेका वडामा पनि हलोमा कसरी मत गयो भन्दै विवाद सृजना गर्ने गरेको राप्रपाका जिल्ला सचिव बलराम शर्माले उल्लेख गरे ।
रुपन्देही ३ मा मतगणना भईरहदा कांग्रेसका उम्मेद्वार गृह मन्त्री खाण पछाडि पर्न थालेपछि विवाद हुने गरेको उनले बताए ।

पछिल्लो पटक सार्वजनिक भएको मतपरिणाम अनुसार राप्रपाका नेता दिपक बोहरा अगाडि बढेका छन् । उनले २५३५० मत ल्याएका छन् भने गृहमन्त्री बालकृष्ण खांणले २४९८१ मत ल्याएका छन् । मत परिणाम अनुसार खाण भन्दा बोहरा ३६९ मतले अगाडि छन् ।

बुधबार राती नेपाल प्रहरीका एकजना अधिकृतले गणना स्थलमा निर्वाचन आचारसंहिता बिपरित काम गरेको भन्दै राप्रपा, एमाले, जसपा र स्वतन्त्र लगायतले विरोध गरेका थिए । त्यसपछि गणना स्थलमा सशस्त्र प्रहरिले सुरक्षा हेर्दै आएको छ ।

मुख्य निर्वाचन अधिकृत कृष्णराम कोईरालाले छलफल गरेर र विवाद समाधान गरेपछि रातिी ४ बजेपछि पुनस् मतगणना शुरु भएको बताए । नचाहिने विषयमा विवाद निकालेर केही घन्टा गणना रोकाएको तर पछि मुख्य निर्वाचन अधिकृतको पहलमा मतगणना सुचारु भएको राप्रपा जिल्ला सचिव शर्माले बताए ।

 

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  ७ : ०९ बजे

व्यावसायिक वातावरण बनाएर अर्थतन्त्र सुधारका कार्यक्रम ल्याउन वरिष्ठ उपाध्यक्ष ढकाल आग्रह

धनगढी । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले

मनाङ मर्स्याङ्दीले चुम्यो २२ औं तिलोत्तमा गोल्डकपको उपाधी

तिलोत्तमा । २२ औं संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधी

पाल्पाको तिनाउ गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर

बुटवल । पाल्पाको तिनाउ गाउँपालिकाले शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

माओवादी पदाधिकारी बैठकको निष्कर्ष- सोमबारसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने

कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने

काठमाडौं । कोशी प्रदेश नामाकरण विवादपछि चैत ५ गते भएको