२१ माघ २०८२, बुधबार | February 4, 2026

मैले गरेको विकासको काम जनताले बुझेनन्, अब पार्टी बनाउन लाग्छु : शंकर पोखरेल



दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोख्रेलले मुलुकलाई राजनीतिक स्थायित्वमा लैजाने आफ्नो प्रयास असफल भएको बताएका छन् ।

दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा माओवादीका रेखा शर्मासँग पराजित भएको भोलिपल्ट पोखरेलले पत्रकार सम्मेलन गरेर उक्त प्रतिक्रिया दिएका हुन् ।

पोखरेलले आफुलाई संसदीय प्रक्रियामा आउन नदिएको जिकिर गर्दै अब पार्टी संगठन सुदृढिकणमा केन्द्रित हुने बताए । उनले भने, ‘मेरो अबको ध्यान स्थिर राजनीतितर्फ केन्द्रित हुन्छ ।’

महासचिव पोखरेलले निर्वाचनको नतिजाले देश थप अराजकता र अस्थिरतामा फस्नसक्ने सम्भावना व्यक्त गरे ।

उनले दाङका जनताले आफुले गरेको विकास र समृद्धिको कामलाई बुभ्न नसकेकोमा गुनासो गरे । ‘मैले प्रदेश राजधानी यहाँ बनाउन खेलेको भूमिका, चार लेन सडक निर्माणलगायत गरेका विकासका काम जनताले बुझेनन् ।’ उनले भने।

माओवादीका रेखा शर्माले पोखरेललाई १९६ मतान्तरले पराजित गरेकी थिइन । दाङका तीनवटै निर्वाचन क्षेत्र र ६ वटा प्रदेशसभामा एमाले निल भएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  २ : १३ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता