३१ श्रावण २०८३, आइतबार | August 16, 2026

७ वर्षदेखि फरार अभियुक्त पक्राउ



उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले ७ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

जिल्ला अदालत उदयपुरले ०७२ असार १५ गतेको फैसलामा दोषी करार गरे पनि फरार रहेका रौतामाई गाउँपालिका-७ मुर्कुचीका चन्द्रबहादुर राना मगरलाई  त्रियुगा नगरपालिका-५ दमौटीबाट पक्राउ गरेको हो ।

ज्यान मार्ने मुद्दामा अदालतले ६ वर्ष कैद सजाय तोकि फरार रहेका मगरलाई गोप्य सुराकीका आधारमा त्रियुगा नगरपालिका-५ दमौटीस्थित आफन्तको घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेको विशेष टोलीले मगरलाई पक्राउ गरेको सूचना अधिकारी डिएसपी राकेश पोदारले बताए ।

पक्राउपछि जिल्ला प्रहरी कार्यालय ल्याइएका ५३ वर्षीय मगरलाई शुक्रबार फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाएको छ । प्रहरीले बुझाए लगत्तै अदालतले कैद सजाय भुक्तानका लागि मगरलाई कारागार शाखा गाईघाट पठाएको जनाएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ७ : ५७ बजे

रोल्पाको लुङग्रीमा गएको पहिरोमा पुरिँदा एक जनाको मृत्यु

रोल्पा । लुङग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा एकजना वृद्धाको

कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला आज सकिँदै

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आज

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात जना घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका-२ रिसाङमा गएको पहिरोमा

सुक्खा पहिरो पन्छाएपछि नारायणगढ-काठमाडौं सडक दुईतर्फी सञ्चालनमा

चितवन । पृथ्वीराजमार्गअन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो पन्छाएपछि नारायणगढ-काठमाडौं

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा । टिपरको ठक्करबाट यहाँ एक जना साइकलयात्रीको मृत्यु भएको