६ श्रावण २०८३, बुधबार | July 22, 2026

गण्डकी प्रदेशसभाका सांसद : १५ जना ५० वर्ष मुनिका, ८ जना ६० माथिका



पोखरा । यसपालिको निर्वाचनबाट गण्डकीको राजनीतिमा पुस्ता हस्तान्तरण भएको छ । नतिजा सार्वजनिक भएको ३४ सीटमध्ये १५ जना ५० वर्ष भन्दा कम उमेरका निर्वाचित भएका छन् ।

मुस्ताङ ९क० बाट सबैभन्दा कान्छा सांसद निर्वाचित भए । कांग्रेस नेता नम्डु गुरुङ भर्खर ३३ वर्ष लागे । उनीजस्ता ४ सांसद ४० वर्ष मुनिका छन् । मुस्ताङकै प्रदेश सभा (ख) बाट कांग्रेसका ३९ वर्षिय विकल शेरचन सांसद बनेका छन् । म्याग्दीबाट पनि दुवै सांसद ४० वर्ष मुनिका छन् । प्रदेशसभा (क) मा माओवादीका हरि भण्डारी ३८ वर्ष तथा (ख) बाट माओवादीकै ३९ वर्षका रेशम जुग्जाली सांसद बनेका छन् । बागलुङ १ (ख) मा कांग्रेसका ३८ वर्षका डिल्लीराम सुवेदी निर्वाचित भएका छन् ।

गोरखा १ (ख) बाट निर्वाचित कांग्रेसका नन्दप्रसाद न्यौपाने ४२ वर्षका छन् । गोरखा २ (क) बाट निर्वाचित माओवादीकै फणिन्द्र देवकोटा ४६ वर्षका हुन् । मनाङ (क) बाट निर्वाचित भएका कांग्रेसका मुनिन्द्र जंग गुरुङ ४१ वर्ष भएका छन् ।

लमजुङ (क) बाट निर्वाचित भएका कांग्रेसका टकराज गुरुङ ४७ वर्ष लागे भने (ख) का सांसद कांग्रेसकै भेषबहादुर पौडेल पनि ४७ वर्षका छन् । कास्की ३ (ख) का सांसद कांग्रेसका प्रकाश बराल बल्ल ४३ वर्ष टेके । नवलपुर १२ (क) बाट एमालेकी पद्या जिसी ४७ वर्षको उमेरमा संसद छिरेकी छिन् । बागलुङ २ (क) मा कांग्रेसकै जीत शेरचन निर्वाचित भए । उनी बल्ल ४३ वर्ष भएका छन् । २ (ख) का दोर्ण कुवँर पनि ४२ वर्षका हुन् ।
११ जना सांसद ५० देखि ६० वर्ष उमेरका छन् ।

गोरखा २ (ख) बाट निर्वाचित भएका कांग्रेसका सुरेन्द्रराज पाण्डे ५८ वर्ष लागे । उनी मुख्यमन्त्रीका दावेदार समेत हुन् । कास्की १ (ख) का सांसद एमालेका बेदबहादुर गुरुङ ५२ वर्षका हुन् । कास्की २ (क) बाट एमालेका भीम कार्की ५२ वर्षको उमेरमा सांसद बने ।

कास्की २ (क) बाट निर्वाचित भएका एमालेका भीम कार्की ५२ वर्ष तथा (ख) बाट निर्वाचित कांग्रेसका विन्दुकुमार थापा ६५ वर्षका छन् । तनहुँ १ (क) बाट कांग्रेसका अशोक कुमार श्रेष्ठ ५९ वर्षका छन् भने १ (ख) बाट माओवादीका हरिबहादुर चुमान ५९ वर्षका छन् ।
नवलपुर १ (ख) बाट एमालेका रोशन गाहा थापा ५९ वर्ष पुगे भने २ (ख) बाट एमालेकै लक्ष्मण पाण्डे ५४ वर्षको उमेरमा सांसद बनेका छन् । बागलुङ १ (क) मा कांग्रेसका ५६ वर्षिय दीपेन्द्र बहादुर थापा निर्वाचित भए । पर्वत १(क) मा निर्वाचित एमालेका भक्त कुवँर ५६ वर्षको भए । स्याङजा १ (क) बाट एमालेकी ५६ वर्षिय सीता सुन्दास निर्वाचित भइन् भने १ (ख) मा एमालेकै ५१ वर्षका सुधिर पौडेल निर्वाचित भएका छन् ।

हालसम्मको नतिजा अनुसार कास्की २ (ख) का कांग्रेस सांसद विन्दुकुमार थापा सबैभन्दा बढी उमेरका छन् । उनी ६५ वर्षका भए । पर्वत )ख) बाट निर्वाचित भएका मित्रलाल बस्याल पनि समान ६५ वर्षकै छन् । उनी एमालेबाट विजयी भएका हुन् ।

तनहुँ २ का दुवै सांसद ६० नाघेका छन् । २ (क) बाट निर्वाचित भएका एमालेका श्यामराजा महत ६३ वर्ष तथा २ (ख) बाट निर्वाचित भएका कांग्रेसका जित प्रकाश आले ६० वर्षका छन् । नवलपुर १ को प्रदेश सभा (क) बाट निर्वाचित कांग्रेसका महेन्द्रध्वज जिसी ६४ वर्ष भए । गोरखा १ (क) बाट निर्वाचित माओवादीका कृष्ण धिताले ६२ वर्षका भए । कास्की १ (क) बाट निर्वाचित भएका एमालेका खगराज अधिकारी ६० वर्ष लागे ।

कास्की ३ (क) का सांसद एमालेका गणेशमान गुरुङ पनि ६१ वर्षका छन् । स्याङजाका २ निर्वाचन क्षेत्रको मत गन्न अझै सुरु भएको छैन । २ (क) मा ६० नाघेका उम्मेद्वारबीच प्रमुख प्रतिश्पर्धा छ भने (ख) मा ५५ र ४५ वर्ष उमेरका उम्मेद्वारबीच प्रतिश्पर्धा हुने छ ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ११ : ५६ बजे

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको