२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

अदालतबाट दोषी ठहर व्यक्ति २७ वर्षपछि पक्राउ



बुटवल । जिल्ला अदालत रुपन्देहीबाट चोरी मुद्दामा दोषी ठहर भएका व्यक्ति २७ वर्षपछि पक्राउ परेका छन् । उनलाई २५ पुस ०५२ मा अदालतको फैसलाले २ वटा फरक फरक चोरी मुद्दामा दोषी ठहर गरेको थियो ।

२७ वर्षदेखि लुकिछिपी बसिरहेका पुजारी थारुलाई सालझण्डी प्रहरीले पक्राउ गरेको हो । देवनारायण थारु र तत्कालीन श्री ५ सरकारको जाहेरीले चोरी मुद्दामा कैद र जरिवाना ठहर भई हालसम्म फरार रहेका साविक दुधराक्ष–०८ हालको सैनामैना नगरपालिका–०८ वस्ने  वर्ष ४९ को पुजारी थारुलाई इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो । पक्राउपछि फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराएकोमा शुक्रबार नै कारागार चलान गरिएको छ ।

यसैबीच, सवारी ज्यान मुद्दामा कैद ठहर भई नौ वर्षदेखि फरार व्यक्ति पनि पक्राउ परेका छन् । रुपन्देही जिल्ला अदालतको ७ माघ ०७० मा गरेको फैसलाले सवारी ज्यान मुद्दामा दोषी ठहर भई नौ वर्षदेखि लुकिछिपी बसिरहेका सिताराम थारुलाई सालझण्डी प्रहरीले पक्राउ गरेको हो ।

लापरवाही गरी ट्याक्टर चलाउँदा मानिसको मृत्यु भएको सवारी ज्यान मुद्दामा दुई वर्ष कैद ठहर भई ६ बर्षदेखि फरार व्यक्ति पनि पक्राउ परेका छन् ।

०७३ सालमा सैनामैना नगरपालिकाको बाँसगढीमा लापरवाही साथ सवारी चलाई मानिस मृत्यु भएको घटनामा रुपन्देही जिल्ला अदालतको १७ फागुन ०७३ को फैसलाअनुसार सवारी ज्यान मुद्दामा २ वर्ष कैद र २ हजार रुपैयाँ जरिवाना ठहर भई ६ वर्षदेखि फरार रहिरहेका साविक सालझण्डी(६ हालको सैनामैना नगरपालिका–११ बस्ने वर्ष ३३ को हिरा भनिने मोहनलाल थारु पक्राउ परेका हुन् ।

उनलाई इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी प्रहरी निरीक्षक जगन्नाथ मरासिनी सहितको प्रहरी टोलीले शुक्रबार पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराएकोमा सोही दिन नै कारागार चलान गरिएको हो  ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ३ : ५३ बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ