३१ श्रावण २०८३, आइतबार | August 16, 2026

भोटेकोसीका होटल तथा रिसोर्ट लयमा फर्किदै



चौतारा । पछिल्लो समय सिन्धुपाल्चोकको भोटेकोसीमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेको छ । विश्वकै उत्कृष्ट १५ बन्जीजम्पभित्र पर्ने सो स्थानमा कोभिड महामारीसँगै पर्यटन सुस्ताएको थियो ।

भोटेकोसीमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन वढेको पर्यटन व्यवसायी शङ्खर भुजेल बताए । उनका अनुसार केही वर्षअघिसम्म विदेशी पर्यटकमात्र देखिने बन्जीमा अहिले ९० प्रतिशत आन्तरिक पर्यटक देखिन्छन् ।

विराटनगरकी प्रतीक्षा घिमिरे अष्ट्रेलियाबाट नेपाल आएका बेला मनोरञ्जनका लागि भोटेकोसीमा बन्जी हान्न आएको सुनाए । द्रुतगतिमा बग्ने भोटेकोसी नदीको एक सय ६० मिटरको झोलुङ्गे पुलबाट हामफाल्दा आफू उत्साहित भएको भारतीय पर्यटक धर्मेन्द्र चतुर्वेदी बताए ।

हाइकिङ र ¥याफ्टिङका लागि पनि उत्कृष्ट यो ठाउँबाट दैनिक सरदर ३० जनासम्म पर्यटकले जम्प गर्ने गरेका छन् । पर्यटकको सङ्ख्यामा सुधार आएसँगै होटल तथा रिसोर्टहरू पनि पुरानै लयमा फर्कन थालेको होटल व्यवसायीहरू बताउँछन् ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ९ : ५३ बजे

जाजरकोट पहिरो अपडेड : एक जनाको मृत्यु, तीन जना बेपत्ता

कर्णाली । अविरल वर्षापछि भेरी नगरपालिका-२ जाजरकोट रिसाङमा पहिरोमा परी

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउन उर्जा जानकारहरुको सुझाव

काठमाडौं । मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई

रोल्पाको लुङग्रीमा गएको पहिरोमा पुरिँदा एक जनाको मृत्यु

रोल्पा । लुङग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा एकजना वृद्धाको

कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला आज सकिँदै

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आज

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात जना घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका-२ रिसाङमा गएको पहिरोमा