१६ असार २०८३, मंगलबार | July 1, 2026

रविको पार्टीबारे ओलीको टिप्पणी – अमेरिकी पार्टीको ठ्याक्कै फोटोकपि; गरे आशंका – हावा कसले भर्‍यो हावा ?



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई कसले हावा भर्यो भन्ने प्रश्न गरेका छन् ।

एमाले पार्टी कार्यालय च्यासलमा मंगलबार भएको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले रास्वपलाई कसैले हावा भरिदिएको टिप्पणी गरेका हुन् ।

ओलीले अमेरिकामा रहेको फ्रिडम पार्टी र त्यसको चुनावचिन्हसँग ठ्याक्कै मिल्दो पार्टी यहाँ बनाइएको जिकिर गरे ।

ओलीले भने, ‘संयोग नै होला, अमेरिकामा एउटा फ्रिडम पार्टी भन्ने छ। त्यसको चिन्ह घण्टी छ। फ्रिडम पार्टी अफ अमेरिका। दुरूस्त आकारको फोटो खिचेजस्तो घण्टी यहाँ पनि ल्याएको छ, फ्रिडम पार्टी,’ ओलीले भने।

उनले आशंकायुक्त भाषामा भने, ‘अस्तिसम्म स्याप्पै थियो त्यो पार्टी, हावा नहाली कसरी हुप्प भयो ? केही त होला ।’ तर, यसबारे थप टिप्पणी नगर्ने उनको भनाइ थियो ।

ओलील्े थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग गर्नु उचित नभएको बताए। फुसका छाप्रा भत्काउन काठमाडौं महानगरपालिकाले डोजर प्रयोग गरेकोप्रति कटाक्ष गर्दै ओलीले भूमि आयोगको कामबारे पनि प्रश्न उठाए ।

उनले नेपाल प्राकृतिक र भौगोलिक रूपमा समेत विविध रहेको बताउँदै संस्कृति समेत संसारकै उत्कृष्ट रहेको उल्लेख गरे ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ३ : ५६ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी