१६ माघ २०८२, शुक्रबार | January 30, 2026

१२ वटा ठेकेदार कम्पनी कालो सूचीमा पर्दा बाँके र बुटवलको सडक बेहाल बनाउने ठेकेदार कम्पनीलाई उन्मुक्ति



बुटवल । देशैभर समयमा काम सम्पन्न नगर्ने तथा गुणस्तरिय काम नगर्ने १२ ठेकेदार कम्पनीहरुलाई कालो सूचीमा राखिएपनि बुटवल बेलहिया सडकको बुटवल चिडियाखोला खण्ड अलपत्र पार्ने र नेपालगन्ज गुलरिया चारलेन सडक अन्तर्गत बाँकेको खजुरा र बर्दियाको गुलरियामा सडक अलपत्र पार्ने ठेकेदार कम्पनीलाई भने उन्मुक्ति दिइएको छ ।

बुटवल चौराहा चिडियाखोला खण्डको सडक अलपत्र पार्ने द कञ्चनजंघा(बिरुवा जेभी काठमाडौं र बाँकेको खजुरा र गुलरियामा ५ वर्ष देखि सडकको बेहाल बनाउने गजुरमुखी निर्माण सेवालाई उन्मुक्ति दिँदै सडक विभागले अन्य १२ ठेकेदार कम्पनीलाई कालो सूचीमा राखेको हो । यी दुबै ठेकेदार कम्पनीको पटक पटक म्याद सकिएपनि सडक विभागले म्याद ठप गर्ने गरेको छ ।

विभागका अनुसार सडक डिभिजन, बुटवलको सिफारिसमा भारत सप्तकोशी जेभि, काठमाडौं (मुख्य व्यक्ति होमनाथ गौतम) लाई २ वर्ष ६ महिनाका लागि कालो सूचीमा राखेको छ भने हेटौंडा उपमहानगरपालिकाको सिफारिसमा हाइवे कन्स्ट्रक्सन प्राली, भरतपुर (मुख्य व्यक्ति नारायण सुवेदी) लाई १ वर्षका लागि कालो सूचीमा राखेको छ ।

त्यसैगरि शहिद गंगालाल हृदय केन्द्र, बाँसवारी, काठमाडौंको सिफारिसमा भिडी विल्डर्स प्राली काठमाडौं ( मुख्य व्यक्ति विप्लव पोखेल) लाई १ वर्ष, टोखा नगरपालिकाको सिफारिसमा साईबाबा एन्ड तारा कन्स्ट्रक्सन सेवा, खलंगा २, जाजरकोट ( मुख्य व्यक्ति संजया कुमारी राना) लाई १ वर्ष, नेपाल कृषि अनुसन्धान परिषद्, उच्च ४ पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान, भेडा तथा वाखा अनुसन्धान कार्यक्रम, गुठीचौर, जुम्लाको सिफारिसमा अनुकुल निर्माण सेवा, चन्दननाथ(२, जुम्ला (मुख्य व्यक्ति तिल बहादुर भण्डारी) लाई १ वर्ष, रानी जमरा कुलरीया सिंचाइ आयोजना, टिकापुर, कैलालीको सिफारिसमा हाईग्रेभा सिद्धि साई प्रकास जेभी काठमाडौँ (मुख्य व्यक्तिः देपेन्द्र बहादुर शाही, नरेन्द्र प्रधान) लाई २ वर्षका लागि कालो सूचीमा राखिएको छ ।

त्यस्तै पर्यटन विकास आयोजना, हेटौंडाको सिफारिसमा पाँचखाल कन्स्ट्रक्सन प्राली, काठमाडौं (मुख्य व्यक्ति प्रेम प्रसाद अधिकारी) लाई १ वर्ष, खानेपानी, सिंचाइ तथा उर्जा विकास निर्देशनालय, विरेन्द्रनगर, सुर्खेतको सिफारिसमा प्रभु निर्माण सेवा, गुर्भाकोट ४ सुर्खेत (मुख्य व्यक्ति रेशम बहादुर शाह) लाई १ वर्ष, उत्तरगया गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, खाल्टे, रसुवाको सिफारिसमा सिद्धिजनक कन्स्ट्रक्सन एन्ड सप्लायर्स काठमाडौं (मुख्य सम्पर्क व्यक्ति श्री सिद्धिवावु रेग्मी) लाई १ वर्ष, कपिलवस्तु नगरपालिका, नगर कार्यपालिकाको सिफारिसमा एस. एस. के निर्माण सेवा प्राली लुम्बिनी सांस्कृतिक ५, रुपन्देही (मुख्य व्यक्ति सफीउर्रहमान अन्सारी) लाई १ वर्ष, कृषि विकास निर्देशनालय, दिपायल, डोटीको सिफारिसमा सुमदिवी कन्स्ट्रक्सन, धनगढी, कैलाली (मुख्य व्यक्ती मिना कुमारी शर्मा कोइराला) लाई १ वर्ष तथा सडक डिभिजन चन्द्रनिगाहपुर, रौतहटको सिफारिसमा निलगिरी।नेसनल र क्यानोन जे. भी., हेटौंडा, मकवानपुरलाई १ वर्षका लागि कालो सूचीमा चढाइएको छ ।

 

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  १० : ०१ बजे

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी । अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले

आजको मौसम : उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल

आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

काठमाडौं । विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस

निर्वाचन आउन ३४ दिन बाँकी : विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र