११ बैशाख २०८१, मंगलबार | April 23, 2024

नबिल बन्यो भारतको एक्जिम बैंकको व्यापार सहायता कार्यक्रममा सदस्यता पाउने पहिलो बैंक



काठमाडौ । नबिल बैंकले पहिलो पटक नेपालका तर्फबाट व्यापार सहायता कार्यक्रम ९ट्याप० अन्तर्गत भारतको निर्यात आयात एक्जिम बैँकसँग सम्झौता गरेको छ । हालैमात्र बैंकले एक्जिम बैंकमार्फत नेपालका लागि निर्यात आयातको अनबोर्ड गर्ने अधिकार पाएको हो ।

कडा जोखिम समीक्षापछि, भारत एक्जिम बैंकले व्यापार सहायता कार्यक्रम अन्तर्गत नबिल बैंकलाई सुविधा स्वीकृत गरेको बैंकले जनाएको छ । बैंकका अनुसार यो साझेदारीले नेपाल र भारतबीचको बढ्दो व्यापारलाई सहज बनाउने र नेपाल र भारत बीचको बढ्दो आर्थिक संलग्नतालाई थप सुदृढ गर्नेछ ।

व्यवस्था अन्तर्गत एक्जिम बैंकले नबिल बैंकको भुक्तान दायित्वको समर्थनमा भारतको लेटर अफ क्रेडिट (एलसी) स्वीकार गर्ने बैंकलाई भुक्तानी ग्यारेन्टी जारी गर्नेछ । जसले भारतका वाणिज्य बैंकरवित्तीय संस्थाहरूको सहकायलाई थप वृद्धि गरी सीमापार व्यापारिक लेनदेनहरूलाई सहज तुल्याउनेछ ।

बैंकका अनुसार नबिलले नेपालको व्यापारलाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयासमा योगदान पुर्याउँदै साझेदार देशहरूसँग नेपालको अन्तर्राष्ट्रिय व्यापार र लगानी सम्बन्धलाई सहज बनाउन एक प्रमुख भूमिकामा उभ्याउनेछ । यसबाहेक, टाप अन्तर्गत एक्जिम बैँकसँगको नबिलको साझेदारी नेपाली बैंकिङ क्षेत्रको विश्वव्यापीकरणतर्फ अर्को कोसेढुङ्गा बन्ने विश्वास लिइएको छ ।

भारत एक्जिम बैंक भारत सरकारको पूर्ण स्वामित्वमा रहेको निर्यात र आयात वित्त पोषणमा संलग्न संस्थाहरूको कामको समन्वय गर्ने प्रमुख वित्तीय संस्था हो । यसले वर्षौंदेखि भारतको अन्तर्राष्ट्रिय व्यापार र लगानीलाई प्रवर्द्धन, वित्त पोषण र सहजीकरण गरेर विश्व अर्थतन्त्रसँग भारतको एकीकरणलाई सहज बनाउन उत्प्रेरकको भूमिका खेलेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ६ : १७ बजे

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना

बुटवलमा ३ दिने भलिबल प्रतियोगिता शुरु

बुटवल । बुटवलमा आजदेखि तिन दिने भलिबल प्रतियोगिता शुरु भएको

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम