१७ असार २०८३, बुधबार | July 1, 2026

नबिल बन्यो भारतको एक्जिम बैंकको व्यापार सहायता कार्यक्रममा सदस्यता पाउने पहिलो बैंक



काठमाडौ । नबिल बैंकले पहिलो पटक नेपालका तर्फबाट व्यापार सहायता कार्यक्रम ९ट्याप० अन्तर्गत भारतको निर्यात आयात एक्जिम बैँकसँग सम्झौता गरेको छ । हालैमात्र बैंकले एक्जिम बैंकमार्फत नेपालका लागि निर्यात आयातको अनबोर्ड गर्ने अधिकार पाएको हो ।

कडा जोखिम समीक्षापछि, भारत एक्जिम बैंकले व्यापार सहायता कार्यक्रम अन्तर्गत नबिल बैंकलाई सुविधा स्वीकृत गरेको बैंकले जनाएको छ । बैंकका अनुसार यो साझेदारीले नेपाल र भारतबीचको बढ्दो व्यापारलाई सहज बनाउने र नेपाल र भारत बीचको बढ्दो आर्थिक संलग्नतालाई थप सुदृढ गर्नेछ ।

व्यवस्था अन्तर्गत एक्जिम बैंकले नबिल बैंकको भुक्तान दायित्वको समर्थनमा भारतको लेटर अफ क्रेडिट (एलसी) स्वीकार गर्ने बैंकलाई भुक्तानी ग्यारेन्टी जारी गर्नेछ । जसले भारतका वाणिज्य बैंकरवित्तीय संस्थाहरूको सहकायलाई थप वृद्धि गरी सीमापार व्यापारिक लेनदेनहरूलाई सहज तुल्याउनेछ ।

बैंकका अनुसार नबिलले नेपालको व्यापारलाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयासमा योगदान पुर्याउँदै साझेदार देशहरूसँग नेपालको अन्तर्राष्ट्रिय व्यापार र लगानी सम्बन्धलाई सहज बनाउन एक प्रमुख भूमिकामा उभ्याउनेछ । यसबाहेक, टाप अन्तर्गत एक्जिम बैँकसँगको नबिलको साझेदारी नेपाली बैंकिङ क्षेत्रको विश्वव्यापीकरणतर्फ अर्को कोसेढुङ्गा बन्ने विश्वास लिइएको छ ।

भारत एक्जिम बैंक भारत सरकारको पूर्ण स्वामित्वमा रहेको निर्यात र आयात वित्त पोषणमा संलग्न संस्थाहरूको कामको समन्वय गर्ने प्रमुख वित्तीय संस्था हो । यसले वर्षौंदेखि भारतको अन्तर्राष्ट्रिय व्यापार र लगानीलाई प्रवर्द्धन, वित्त पोषण र सहजीकरण गरेर विश्व अर्थतन्त्रसँग भारतको एकीकरणलाई सहज बनाउन उत्प्रेरकको भूमिका खेलेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतबार  ६ : १७ बजे

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा श्रीमती परेपछि…

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि

साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र

राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ४५ अर्ब बराबरको एकवर्षे

पासपोर्ट खरिद प्रकरणमा जर्मनीको प्रष्टिकरण : नेपाललाई कुनै चेतावनी नदिएको दाबी

काठमाडौं । नेपाली राहदानी (पासपोर्ट) खरिद प्रक्रियासँग सम्बन्धित विषयमा हालै

फिफा विश्वकप : घरेलु मैदानमा इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम १६ मा प्रवेश

काठमाडौं । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६