७ श्रावण २०८३, बिहिबार | July 23, 2026

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ



काठमाडौं।  दोलखाबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । दोलखा नगरपालिका ३  चरिकोटबाट सोही ठाउँका स्थानीय ७० वर्षीय जनक बहादुर कार्की पक्राउ परेका प्रहरीले जनाएको छ ।

उच्च अदालत पाटनको २०७६ पुस २७ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ४१ लाख रुपैयाँ जरिवाना र ७ दिन कैद सजाय ठहर भई फरार रहेका कार्कीलाई ई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

कार्कीले २०७५ चैत १९ गते प्रभु बैंकमा रहेको आफ्नो खातामा पर्याप्त रकम नभएको भन्ने जानाजान जाहेरवालालाई झुक्क्याई दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उनीमाथि उक्त फैसला गरेको थियो ।

कार्कीलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत दोलखामा पेस गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय दोलखामा पठाइएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  ११ : ५३ बजे

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशुसेवा विभाग

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ