१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

पेनाल्टी सुटआउटमा नेदरल्याण्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश, सेमिफाइनलमा क्रोएसियासँग भिड्ने



काठमाडौं । कतारमा जारी विश्वकप फुटबल २०२२ मा निकै रोमान्चक क्वार्टरफाइनलमा अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा जित निकालेको छ । शनिबार राति भएको खेलमा नेदरल्याण्ड्सविरुद्ध अर्जेन्टिनाको खेल पेनाल्टी सुटआउटसम्म पुगेको थियो ।

पेनाल्टी सुटआउटमा ४-३ गोलअन्तरले अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो ।

निर्धारित समय र अतिरिक्त समयमा २-२ गोलको बराबरीमा खेल सकिएको थियो । खेलको ३५ औं मिनेटमा लियोनल मेसीको पासमा नहुएल मोलिनाले गोल गरेर अर्जेन्टिनाले अग्रता लिएको थियो ।

अर्जेन्टिनाले ७३ औं मिनेटमा पेनाल्टी पायो, मेसीले पेनाल्टी लिए । यसमा मेसी चुकेनन् । २ गोलले अग्रता लिएको अर्जेन्टिनाले खेल जितिसकेको अनुमान धेरैले गरिसकेका थिए । तर, त्यसको १० मिनेटपछि नेदरल्याण्ड्सका ववउट विघ्रोस्टले गोल गरेर खेलमा नेदरल्याण्ड्सलाई फेरि आक्रमकता दिलाए ।

उनैले इन्जुरी समयमा नेदरल्याण्ड्सका लागि गोल गरे ।

त्यसपछि बराबरीमा पुगेको खेलमा अतिरिक्त समयमा कुनै गोल हुन सकेन । अतिरिक्त समयमा कुनै गोल हुन नसकेपछि पेनाल्टी सुटआउट भएको थियो ।

यसअघि भएको अर्को क्वार्टरफाइनल खेल पनि पेनाल्टी सुटआउटमा पुगेर टुंगियो । पेनाल्टी सुटआउटमा ब्राजिललाई क्रोएसियाले हराउँदै क्रोएसिया सेमिफाइनलमा पुगेको छ ।

अब सेमिफाइनमा अर्जेन्टिना र क्रोएसियाविरुद्ध खेल हुनेछ ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ५ : ४६ बजे

गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका अधिकांश ताल सुक्न थालेपछि

पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या

काठमाडौं । सार्वजनिक सवारीसाधन सञ्चालनका लागि गोँगबुस्थित नयाँबसपार्क सञ्चालनमा रहे

वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै

बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र

बागलुङ । बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि आवेदन खुला

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन)को रिक्त अध्यक्ष