२२ मंसिर २०८२, सोमबार | December 8, 2025

पेनाल्टी सुटआउटमा नेदरल्याण्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश, सेमिफाइनलमा क्रोएसियासँग भिड्ने



काठमाडौं । कतारमा जारी विश्वकप फुटबल २०२२ मा निकै रोमान्चक क्वार्टरफाइनलमा अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा जित निकालेको छ । शनिबार राति भएको खेलमा नेदरल्याण्ड्सविरुद्ध अर्जेन्टिनाको खेल पेनाल्टी सुटआउटसम्म पुगेको थियो ।

पेनाल्टी सुटआउटमा ४-३ गोलअन्तरले अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो ।

निर्धारित समय र अतिरिक्त समयमा २-२ गोलको बराबरीमा खेल सकिएको थियो । खेलको ३५ औं मिनेटमा लियोनल मेसीको पासमा नहुएल मोलिनाले गोल गरेर अर्जेन्टिनाले अग्रता लिएको थियो ।

अर्जेन्टिनाले ७३ औं मिनेटमा पेनाल्टी पायो, मेसीले पेनाल्टी लिए । यसमा मेसी चुकेनन् । २ गोलले अग्रता लिएको अर्जेन्टिनाले खेल जितिसकेको अनुमान धेरैले गरिसकेका थिए । तर, त्यसको १० मिनेटपछि नेदरल्याण्ड्सका ववउट विघ्रोस्टले गोल गरेर खेलमा नेदरल्याण्ड्सलाई फेरि आक्रमकता दिलाए ।

उनैले इन्जुरी समयमा नेदरल्याण्ड्सका लागि गोल गरे ।

त्यसपछि बराबरीमा पुगेको खेलमा अतिरिक्त समयमा कुनै गोल हुन सकेन । अतिरिक्त समयमा कुनै गोल हुन नसकेपछि पेनाल्टी सुटआउट भएको थियो ।

यसअघि भएको अर्को क्वार्टरफाइनल खेल पनि पेनाल्टी सुटआउटमा पुगेर टुंगियो । पेनाल्टी सुटआउटमा ब्राजिललाई क्रोएसियाले हराउँदै क्रोएसिया सेमिफाइनलमा पुगेको छ ।

अब सेमिफाइनमा अर्जेन्टिना र क्रोएसियाविरुद्ध खेल हुनेछ ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ५ : ४६ बजे

एमाले महाधिवेशनको तयारी तीव्र

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको

फरक मतमाथि असहिष्णु नबन्न पार्टी संस्थापन पक्षलाई ईश्वर पोखरेलले गराए सचेत (अवधारणापत्र)

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फरक मत

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष आग्रह

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी

भानुभक्तका पाण्डुुलिपिको संरक्षणसँगै जन्मस्थलको विकासको चासो

पोखरा । “भर् जन्म घाँस तिर मन् दिई धन कमायो

लुम्बिनी ईटा संघमा पदस्थापन, सस्थागत सदृढिकरणमा जोड

भैरहवा । लुम्बिनी ईटा उद्योग व्यवसायि संघमा निर्वाचित नयाँ कार्यसमितिलाई