२१ मंसिर २०८२, आइतबार | December 7, 2025

प्रदेश राजधानी सिंगार्न उत्रिए देउखुरीबासी



भालुवाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्रको व्यवस्थापनलाई तीव्र पारिएको छ । मुख्यमन्त्री कार्यालयका सामान बुटवलबाट देउखुरी सारिएलगत्तै स्थायी राजधानीको कार्यालयमा रंगरोगनका साथै सरसफाई थालिएको हो ।

राजधानी तोकिएको क्षेत्र राप्ती उपत्यका देउखुरीअन्तर्गत राप्ती गाउँपालिकाको बजार क्षेत्र तथा लमही–भालुवाङ सडक खण्डको ठाउँ ठाउँमा स्वागत गेट निर्माण, प्रतिक्षालय रंगरोगन र सरसफाई धमाधम भइरहेको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए ।

विशेषगरी भालुवाङ बजार, मौरीघाट क्षेत्र, पिपरी बजार, सिसहनियाँ बजार, सिंगेखोलालगायत क्षेत्रमा स्वागत गेटहरू निर्माण गरिएका छन् भने प्रतिक्षालयहरू पनि रंगरोगन गरिइको छ । राप्ती गाउँपालिकाले राजधानी व्यवस्थापन तथा कार्यान्वयनका लागि मूल समितिसहित विभिन्न उपसमिति बनाएर जिम्मेवारीअनुसार काम गरिरहेको छ । स्थानीयबासी स्वतस्फर्त सडक किनारका अवरोध हटाउन जुटेका छन् भने सडक मापदण्ड भित्र राखिएको पसल, रुखबिरुवा र निर्माण सामाग्री धमाधम खाली गरिएको छ ।

जसमा श्यामेश चौधरीको संयोजकत्वमा गठित सरसफाई तथा सौन्दर्यकरण उपसमितिले पूर्व(पश्चिम राजमार्ग, नौ वटै वडा तथा टोलहरू सरसफाई गर्ने, प्रतिक्षालयहरू रंगरोगन गर्ने, स्वागत गेट बनाउने जिम्मा पाएको थियोे । त्यही जिम्मेवारीअनुसार राप्ती उद्योग वाणिज्य संघ, सिसहनियाँ उद्योग वाणिज्य संघ, राप्ती गाउँपालिका, चेम्बर अफ कमर्स र भालुवाङ होटल व्यवसायी समितिहरूसँगको सहयोग तथा समन्वयमा राजधानी सिगार्ने काम भइरहेको छ ।

नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको सपथग्रहण तथा बैठक स्थायी राजधानी देउखुरीमा राख्ने तयारीमा प्रदेश सरकार जुटेको छ । अहिले प्रदेशसभा भवन निर्माण समेत अन्तिम चरणमा पुगेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ४ : १८ बजे

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न