६ जेष्ठ २०८३, बुधबार | May 20, 2026

कर्णाली नदीमा डोजर खस्यो : दुई जनाको मृत्यु, तीन बेपत्ता, तीन घाइते



कालिकोट । कर्णाली करिडोरस्थित रेगिल सडकखण्डमा स्काई भेटर डोजर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । फुकोट कर्णाली हाइड्रो पावरको सुरूङ मार्गमा काम गर्दै गरेको डोजर कर्णाली नदिमा खसेको हो ।

दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते छन् । तीन जना नदिमा बेपत्ता भएको प्रहरीले जनाएको छ । डोजर दुर्घटनामा सान्नित्रिबेणी-१ का अन्दाजी १७ वर्षीय चरित्र बिक र सान्नित्रिबेणी-१ का अन्दाजी १४ वर्षीका युवाराज बुढको मृत्यु भएको छ ।

दुर्घटनामा परी सान्नित्रिबेणी-१ कै नर गीरीका छोरा उमेस गीरी, सान्नित्रिबेणी-१ का रक्तिम बिक अछाम घरभई डोजर चालक रहेका कमल सोडारी बेपत्ता रहेका छन् ।

डोजरमा रहेका रास्कोट नगरपालिका-७ का मिलन शाही गम्भीर घाइते छन् । घाइतेरूको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहे छ । बेपत्ताको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय का प्रवक्ता सुभराज बमले बताए ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ६ : ४२ बजे

काठमाडौँको गोठाटारबाट पेस्तोलसहित एक जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार पहेँलो पुलबाट

नगरप्रहरीद्वारा दुर्व्यवहारको घटनामा क्षतिपूर्ति प्रदान

सुर्खेत । काफल बेच्ने महिलामाथि नगरप्रहरीले दुर्व्यवहार गरेको घटनामा वीरेन्द्रनगर

थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत

काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताको

बाँकेमा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

बाँके । खुला सिमानाका कारण बढ्दो मानव बेचबिखन तथा ओसारपसारको

लायन्स क्लब अफ बुटवल खस्यौलीको अध्यक्षमा सुमन रश्मी श्रेष्ठ चयन

बुटवल । लायन्स क्लब अफ बुटवल खस्यौलीको वर्ष २०२६/०२७ को