१२ बैशाख २०८१, बुधबार | April 24, 2024

अख्तियारमा स्थानीय तहका उजुरी धेरै



बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित कार्यालयमा स्थानीय तहसँग सम्बन्धित उजुरी धेरै दर्ता भएका छन् ।

बाँके, बर्दिया, दाङ र रोल्पा कार्यक्षेत्र रहेको नेपालगञ्ज कार्यालयमा विभिन्न विषय क्षेत्रगत कार्यालयको उजुरीमध्ये सबैभन्दा बढी स्थानीय तहका उजुरी रहेको अख्तियारको नेपालगञ्ज सम्पर्क कार्यालयका प्रमुख विजयराज पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार गत आर्थिक वर्ष २०७८/७९ देखि चालु आवको कात्तिक महिनासम्म स्थानीय तहका एक सय ६३ उजुरी दर्ता भएका छन् । चालु आवको चार महिनामा मात्रै ६७ उजुरी दर्ता भएका हुन् । परेका उजुरीमध्ये ३३ फछ्र्योट भइसकेका छन् भने एक सय ३० फछ्र्योट हुन बाँकी रहेका छन् ।

यो अवधिमा स्थानीय तहकै शिक्षाअन्तर्गतका ५६ उजुरी दर्ता भएकामा १३ उजुरी फछ्र्योट भइसकेका छन् । ४३ उजुरी फछ्र्योटको प्रक्रियामा रहेका छन् । अदुअआको नेपालगञ्जस्थित कार्यालयमा गत आव २०७८÷७९ देखि चालु आवको कात्तिक महिनासम्म उद्योग, पर्यटन वन तथा वातावरणसम्बन्धी ३०, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणसम्बन्धी २४ र भौतिक पूर्वाधार विकास मन्त्रालयसम्बन्धी १७ उजुरी दर्ता भएका छन् ।

बाँके, बर्दिया, दाङ र रोल्पा कार्यक्षेत्र रहेको नेपालगञ्ज कार्यालयमा चालु आवको कात्तिक मसान्तसम्म एक सय ७१ उजुरी दर्ता भएकामा सबैभन्दा बढी बाँकेका ८०, दाङका ५१, बर्दियाका २२ र रोल्पाका १८ उजुरी दर्ता भएका छन् । गत आवमा बाँकेका ८६, दाङका ८५, बर्दियाका ४१ र रोल्पाका १७ रहेका छन् ।

स्थानीय तहमा सार्वजनिक खरिद र निर्माणतर्फ गलत स्टिमेट तयार पार्ने, प्रक्रिया र नियम कानुनको पालना नगर्ने नगराउने, आवश्यकभन्दा धेरै सामग्री खरिद गर्ने, जिन्सी दाखिला नगर्ने वा गलत दाखिला प्रतिवेदन तयार पार्ने, उपभोक्ता समितिसम्बन्धी कार्यविधि पालना नगर्ने वा गलत प्रतिवेदन तयार गर्नेजस्ता प्रवृत्ति पाइएको पौडेलले बताए ।रासस

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  १० : ४७ बजे

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल