१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

मधेश प्रदेशबाट प्रतिनिधिसभामा ५३ सांसदको प्रतिनिधित्व



काठमाडौं । नयाँ प्रतिनिधिसभामा मधेश प्रदेशबाट ५३ जना सांसदको प्रतिनिधित्व रहने भएको छ ।

पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)मार्फत  ३२ जना र समानुपातिक निर्वाचन प्रणालीमार्फत २१ जना  गरी मधेश प्रदेशबाट ५३ जनाले प्रतिनिधिसभामा प्रतिनिधित्व जनाउने भएका हुन् ।

मधेश प्रदेशमा आठवटा जिल्ला छन् र प्रत्येक जिल्लामा चारवटा निर्वाचन क्षेत्र छन् । ति निर्वाचन क्षेत्रबाट ३२ जना प्रत्यक्ष निर्वाचित सांसद र समानुपातिकबाट २१ जना सहभागी हुने भएका हुन् ।

२७५ जना रहने प्रतिनिधिसभामा ५३ जना सहभागी भएर मधेश प्रदेशबाट १९।२७ प्रतिशतको प्रतिनिधित्व रहने भएको हो । समानुपातिकबाट  १६ महिला र ५ पुरुष सहभागी हुनेछन् ।

जसमध्ये एमाले र कांग्रेसले मधेश प्रदेशबाट ६–६ जनाको नाम सिफारिस गरेका छन् ।  साथै जनमत पार्टीले तीनजना, माओवादी केन्द्रले दुई, जसपाले दुई जना, राष्ट्रिय स्वतन्त्र पार्टीले एक र राप्रपाले एकजनाको नाम सिफारिस गरेको छ । २१ जनामध्ये आदिवासी जनजातिबाट दुईसहित १६ महिला तथा एक दलितसहित पाँचजना पुरुष रहेका हुन् ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ४ : १३ बजे

दशौँ राष्ट्रिय खेलकुद : मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का