२२ भदौ २०८३, सोमबार | September 7, 2026

खुमलटार पुगेर विवेक ओबरायले भेटे प्रचण्ड



काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय अभिनेता विवेक ओबरायले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेका छन् । बुबा सुरेश ओबरायसँगै खुमलटार उनले आज प्रचण्डलाई भेटेका हुन् ।

प्रचण्डकी पुत्री तथा सचिवालय सदस्य गंगा दाहाल पनि भेटवार्तामा सहभागी थिइन् । उनले भेटघाटको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् । फोटो पोष्ट गरेपनि अभिनेता ओवराय र प्रचण्डबीच भएको कुराकानीको विषय भने उनले सार्वजनिक गरेकी छैनन् ।

उता प्रचण्डका प्रेस सल्लाहकार सूर्यकिरणले भेटमा फिल्म र सांस्कृतिक विषयवस्तुमा कुराकानी भएको जनाएका छन् । पाका बलिउड अभिनेता समेत रहेका सुरेश ओबरायका फिल्म आफूले हेर्ने गरेको प्रचण्डले बताएको प्रचण्डलाई उदृढ गर्दै सूर्यकिरणले भने ।

सुरेशले आफूले प्रचण्डलाई मुलुकमा परिवर्तन ल्याउने नेताको रुपमा चिनेको भन्दै उनको प्रशंसा गरेको पनि उनले बताए । सूर्यकिरणका अनुसार भेटमा सुरेश र विवेकले नेपालको खाना, संस्कृति र प्राकृतिक सौन्दर्यको बयान प्रचण्डसामु गरेका थिए । प्रचण्डले ओबराय परिवारको नेपाल बसाइको कामना गरेका थिए ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  १० : २२ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा