१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

बजार ढलानको ठेक्का लिएका ठेकेदार सम्पर्कविहीन



खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाको केन्द्र ऐसेलुखर्कबजार ढलानको जिम्मा लिएको निर्माण व्यवसायी सम्पर्कविहीन बनेको छ ।

१६ असार ०७९ सम्ममा सम्पन्न गर्नेगरी १ चैत २०७८ मा ऐसेलुखर्कबजारको ७३ मिटर खण्ड ढलानको जिम्मा पाएको निर्माण कम्पनी केपी कन्ट्रक्सन बिरेन्द्रनगर, सुर्खेत सम्पर्कविहीन बनेको हो ।

करिब ६० प्रतिशत काम सकेपछि निर्माण व्यवसायीले बजार ढलानको काम अलपत्र पारेको छ । सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाको २३ लाख ९५ हजारमा केपी कन्ट्रक्सनले रोड र ड्रेनको अपग्रेडेसन तथा इम्प्रोभमेन्टको ठेक्का लिएको थियो ।

केपी कन्ट्रक्सनले २७ फागुन २०७८ मा आरसिसि ढलानको ठेक्का सम्झौता गरेको सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाका इन्जिनियर विनोदकुमार मण्डलले बताए । माटो, सडक सोलिङ र ड्रेनको काम सकेपछि निर्माण व्यवसायीले बाँकी काम अलपत्र छाडेको हो । सडकमा रड राखेर ढलान गर्न मात्र बाँकी छ । तर निर्माण कम्पनीले हालसम्म कुनै पनि भुक्तानी नलिएको इन्जिनियर मण्डलले बताए ।

निर्माण व्यवसायीले निर्माणस्थलमा रड, गिटी बालुवा लगायतका निर्माण सामग्री ल्याइसकेका छन् । निर्माणस्थलमा ल्याइएका सिमेन्ट बिग्रिसकेका छन् । ढलानमा ढिलासुस्ती हुँदा सम्पन्न भइसकेको काम समेत भत्किन थालिसकेको छ । ऐसेलुखर्क बजार प्रवेश गर्ने ठाउँबाट बजार ढलानको काम सुरु गरिएको थियो । निर्माण व्यवसायीलाई पटक-पटक सम्पर्क गर्दा पनि ढाँट्ने गरेको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताए ।

निर्माण व्यवसायीलाई सम्पर्क गरेर सोधखोज गर्दा भाका राख्ने तर भनेको समयमा नआउने गरेको पालिकाबासीको गुनासो छ । करिब छरसात महिनापछि सम्पर्कमा आएका निर्माण व्यवसायीले पुःन केही हप्तापछि काम सुचारु गराउने भनेको इन्जिनियर मण्डलले बताए ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ७ : ५३ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर