१ भदौ २०८३, सोमबार | August 17, 2026

बजार ढलानको ठेक्का लिएका ठेकेदार सम्पर्कविहीन



खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाको केन्द्र ऐसेलुखर्कबजार ढलानको जिम्मा लिएको निर्माण व्यवसायी सम्पर्कविहीन बनेको छ ।

१६ असार ०७९ सम्ममा सम्पन्न गर्नेगरी १ चैत २०७८ मा ऐसेलुखर्कबजारको ७३ मिटर खण्ड ढलानको जिम्मा पाएको निर्माण कम्पनी केपी कन्ट्रक्सन बिरेन्द्रनगर, सुर्खेत सम्पर्कविहीन बनेको हो ।

करिब ६० प्रतिशत काम सकेपछि निर्माण व्यवसायीले बजार ढलानको काम अलपत्र पारेको छ । सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाको २३ लाख ९५ हजारमा केपी कन्ट्रक्सनले रोड र ड्रेनको अपग्रेडेसन तथा इम्प्रोभमेन्टको ठेक्का लिएको थियो ।

केपी कन्ट्रक्सनले २७ फागुन २०७८ मा आरसिसि ढलानको ठेक्का सम्झौता गरेको सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाका इन्जिनियर विनोदकुमार मण्डलले बताए । माटो, सडक सोलिङ र ड्रेनको काम सकेपछि निर्माण व्यवसायीले बाँकी काम अलपत्र छाडेको हो । सडकमा रड राखेर ढलान गर्न मात्र बाँकी छ । तर निर्माण कम्पनीले हालसम्म कुनै पनि भुक्तानी नलिएको इन्जिनियर मण्डलले बताए ।

निर्माण व्यवसायीले निर्माणस्थलमा रड, गिटी बालुवा लगायतका निर्माण सामग्री ल्याइसकेका छन् । निर्माणस्थलमा ल्याइएका सिमेन्ट बिग्रिसकेका छन् । ढलानमा ढिलासुस्ती हुँदा सम्पन्न भइसकेको काम समेत भत्किन थालिसकेको छ । ऐसेलुखर्क बजार प्रवेश गर्ने ठाउँबाट बजार ढलानको काम सुरु गरिएको थियो । निर्माण व्यवसायीलाई पटक-पटक सम्पर्क गर्दा पनि ढाँट्ने गरेको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताए ।

निर्माण व्यवसायीलाई सम्पर्क गरेर सोधखोज गर्दा भाका राख्ने तर भनेको समयमा नआउने गरेको पालिकाबासीको गुनासो छ । करिब छरसात महिनापछि सम्पर्कमा आएका निर्माण व्यवसायीले पुःन केही हप्तापछि काम सुचारु गराउने भनेको इन्जिनियर मण्डलले बताए ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ७ : ५३ बजे

उद्योग वाणिज्य संघ निर्वाचन : दलनिकट व्यवसायीको संयुक्त प्यानल

नेपालगन्ज । लामो समयदेखि दलगत छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचन लड्ने

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कल्याण विक्रम पाँडे नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा

कांग्रेस बैठक सम्पन्न, मङ्गलबार निर्णय सार्वजनिक गरिने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २४ गतेदेखि

पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार