२० मंसिर २०८२, शनिबार | December 6, 2025

पर्यटन प्रवर्द्धन गर्न शनिबार बुटवल फुलबारी देखि नुवाकोटसम्म पदयात्रा हुने



बुटवल । ‘पर्यटनका लागि हामी, हाम्रो स्वस्थ्य र पदयात्रा’ नारासहित नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल (नाटा) लुम्बिनीको आयोजनामा बुटवल मणिमुकुन्द उद्यानदेखि नुवाकोटसम्मको साढे ३ किलोमिटर वृहत पदयात्रा गर्ने भएको छ । शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरि एक दिने वृहत पदयात्राको तयारी पुरा भएको नाटाका अध्यक्ष रचना पन्तले बताईन ।

सामरिक महत्व बोकेको नुवाकोटगढी, भैरव मन्दिरसंगै पर्यटन पुर्वाधारहरु समेत अवलोकन कार्यक्रममा हुने उनले बताईन । कार्यक्रममा विभिन्न सरोकारवाला संस्थाहरुका करिब ३ सय जनाको सहभागिता रहने उनले बताईन ।

आयोजकका अनुसार फुलबारी देखि नुवाकोट साढे ३ र फर्कदा साढे ३ गरि कुल ७ किलोमिटरको दुरिको यात्रामा सहभागीलाई टिसर्ट, पिउने पानी, नास्ता, खानाको ब्यवस्थापन गरिएको छ । पदयात्रासंगै सरसफाईको अभियानलाई समेत जोडिएको बताउँदै उनले पर्यटकहरुलाई सरसफाईप्रति सचेत बनाउन जरुरी रहेको बताइन् ।

बुटवलदेखि नजिककै रहेको पर्यटकिय स्थलको प्रचारप्रसार र पर्यटन प्रवर्द्धन हुने गरि कार्यक्रम गरिएको संयोजक गणेश भट्टराईले बताए । एक दिनको कार्यक्रममा भैरवस्थान मन्दिर र साइड हेर्ने, फोटोसेसन गर्ने लगायतका कार्यक्रम हुने छन ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  १२ : ३४ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय