६ जेष्ठ २०८३, बुधबार | May 21, 2026

१० वर्षभित्र सात वटै प्रदेशमा केवलकार बनाउँछौं : चन्द्र ढकाल



बुटवल । नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अबको १० वर्षभित्र सातवटै प्रदेशमा केवलकार निर्माण गर्ने लक्ष्य अगाडि सारेका छन् । नेपाल युवा उद्यमी मञ्च रुपन्देहीले शनिबार आयोजना गरेको युवा उद्यमी सम्मेलन कार्यक्रममा ढकालले यस्तो बताएका हुन् ।

चन्द्रागिरी हिल्स प्रालि तथा लुम्बिनी केवलकार प्रालिका अध्यक्ष समेत रहेका ढकालले आफ्नो कम्पनीले १० वर्षभित्र सातवटै प्रदेशमा केवलकार निर्माण गरी सञ्चालनमा ल्याउने बताए ।

उनले आगामी तीन महिनाभित्र बुटवलमा निर्माण भैरहेको लुम्बिनी केवलकार सञ्चालनमा आउने पनि जानकारी दिए । ‘बुटवलमा बनिरहेको केवलकार तीन महिनाभित्रै सञ्चालनमा आउँछ,’ उनले भने ।

बुटवलको गोलपार्कदेखि पाल्पाको वसन्तपुर डाँडासम्ममा हाल निर्माणाधीन अवस्थामा रहेको लुम्बिनी केवलकार दुई महिनाभित्र भौतिक संरचना निर्माण सम्पन्न हुने ढकालले जानकारी दिए । दुई महिनामा भौतिक संरचना निर्माण पश्चात तीन महिनामा अन्य प्राविधिक चेक जाँच सम्पन्न हुने र त्यसपश्चात केवलकार सञ्चालन हुने उनको भनाइ रहेको छ ।

ढकालले बुटवलमा केवलकार निर्माणपछि भारतीय पर्यटकहरूको चाप बढ्ने बताए । उनले वसन्तपुर डाँडामा स्तरीय होटलसहित कामेश्वर महादेव भगवानको मन्दिर समेत निर्माण गरिने बताए ।

नेपालमा अहिले विशेषगरी चार वटा स्थानमा केवलकार सञ्चालनमा छन् । नेपालमा पहिलो पटक ०५५ सालमा मनकामना केवलकार सञ्चालनमा आएको थियो ।

चितवनको कुरिनटारको चेरेबाट गोरखाकाे मनकामना मन्दिरसम्म २.८ किलोमिटरको लामो केबलकारबाट प्रत्येक वर्ष हजारौं पर्यटक तथा भक्तजन मनकामना पुग्ने गर्छन् ।

मनकामना केबलकार बनेको १७ वर्षपछि सञ्चालनमा आएको अर्को केवलकार हो, चन्द्रगिरी केवलकार । उपत्यकाभित्रै निर्माण भएको केवलकार २०७३ सालबाट सञ्चालनमा आएको थियो ।

 

 

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ४ : ५७ बजे

केही जिल्लामा भारी वर्षा, सुदूरपश्चिम र लुम्बिनीमा अझै तातो दिन कायम रहने

काठमाडौँ । तराई क्षेत्रमा तातो बढिरहेका बेला आज देशका विभिन्न

स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच भेटवार्ता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका

डाबर नेपालको ‘डाबर हनी’ गुणस्तरहिन्, बजारबाट फिर्ता गर्न उत्पादकलाई आदेश

काठमाडौं । डाबर नेपालले बजारमा बिक्रि वितरण गरिरहेको डाबर हनी(मह)

काठमाडौँको गोठाटारबाट पेस्तोलसहित एक जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार पहेँलो पुलबाट

नगरप्रहरीद्वारा दुर्व्यवहारको घटनामा क्षतिपूर्ति प्रदान

सुर्खेत । काफल बेच्ने महिलामाथि नगरप्रहरीले दुर्व्यवहार गरेको घटनामा वीरेन्द्रनगर