२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

अर्जेन्टिना बन्यो विश्व च्याम्पियन, मेस्सीको सपना साकार



काठमाडौं । कतारमा जारी विश्वकप फुटबल २०२२ को फाइनल खेलमा यसअघिको विजेता फ्रान्सलाई ४-२ पराजित गर्दै अर्जेन्टिनालाई विश्वच्याम्पियन बनेको छ । यससँगै लियोनल मेस्सीको आफ्नो देशलाई विश्वकप जिताउने सपना पुरा भएको छ ।

अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि उचाल्न सफल भएको हो । यो जितसँगै अर्जेन्टिनाले तीन पटक विश्वकप जित्ने मुलुक बनेको छ ।

अत्यन्तै प्रतिस्पर्धाको बीचमा भएको रोचक खेलको पहिलो हाफमा अर्जेन्टिनाले दुई गोल गरेको थियो । दोस्रो हाफमा फ्रान्सका एम्वाप्पेले दुई गोल नै फर्काउँदै खेललाई बराबरीमा पुर्याए । त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा अर्जेन्टिनाका लागि मेस्सीले पहिलो गोल गरे । त्यसको दुई मिनेट नवित्दै एम्वाप्पेले पेनाल्टीमा गोल गरेपछि पुनः खेल बराबरीमा पुग्यो ।

त्यसपछि भएको पेनाल्टीमा अर्जेन्टिनाले फ्रान्सलाई ४-२ले पराजित गरेको हो ।

मेस्सीका लागि आफ्नो अन्तिम विश्वकप पनि सुखद बनेको छ ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ११ : २० बजे

खोटाङबाट श्रम संस्कृति पार्टीको खाता खुल्यो, आरेन राई निर्वाचित

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत खोटाङबाट श्रम संस्कृति पार्टीले पहिलो

प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको ऐतिहासिक सफलता, १२९ क्षेत्रको नतिजा आउँदा १०० सिटमा जीत

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ मतगणना जारी रहँदा राष्ट्रिय

इलाम-२ बाट एमाले उम्मेदवार सुहाङ निर्वाचित

इलाम । प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम-२ बाट नेपाल कम्युनिष्ट पार्टी

पाल्पा-२ मा रास्वपाका थापा विजयी

तानसेन । पाल्पा-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा माधवबहादुर

सर्लाही-४ मा रास्वपाका अमरेशकुमार सिंह विजयी, गगन थापालाई १२ हजारभन्दा बढी मतान्तरले पराजित

सर्लाही । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नम्बर ४