१५ माघ २०८२, बिहिबार | January 29, 2026

नेपाल राष्ट्र बैंकको नीति विरुद्ध नेपालगन्जमा बृहद विरोध प्रदर्शन गरिंदै



नेपालगन्ज । नेपाल राष्ट्र बैंकको नीति विरुद्ध नेपालगन्ज उद्योग बाणिज्य संघले दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । संघले घोषणा गरेको दोस्रो चरणको कार्यक्रम अन्तर्गत पुस ११ गते नेपालगन्जमा बृहद विरोध प्रदर्शन सहित राष्ट्र बेंक अगाडि धर्ना बस्ने कार्यक्रम रहेको छ ।

संघले आज विज्ञप्ति प्रकाशित गर्दै पहिलो चरणको भद्र आन्दोलनलाई राष्ट्र बैंकले बेवास्ता गरेपछि दोस्रो चरणको सडक आन्दोलन गर्नु परेको संघले जनाएको छ । राष्ट्र बैंको नितिका कारण व्यवसायीहरु धारासायी भएको विज्ञप्तिमा उल्लेख छ । अर्थतन्त्रका मुख्य अङ्ग उद्योगी व्यवसायी धारासायी हुँदा राष्ट्र बैंक मुकदर्शक बनेको आरोप लगाउँदै विज्ञप्तिमा देशभरका उद्योगी व्यवसायीको पहिलो चरणको आन्दोलनलाई राष्ट्र बैंकले सुनुवाई नगरेको उल्लेख छ ।

‘व्यवसायीहरु पिडामा छन्, आर्थिक मन्दी छ, बेंकमा तरलता अभाव छ, बेंक ब्याज अत्याधिक महङ्गो छ, राष्ट्र बैंकको नीतिले व्यवसायीहरु धारासायी हुने अवस्था छ । यस्तो अवस्थामा निजी क्षेत्र धारासायी भइरहँदा राष्ट्र बैंक मुकदर्शक भइरहेको छ ।’ विज्ञप्तिमा लेखिएको छ ।

विज्ञप्तिमा राष्ट्र बेंकको अव्यवहारिक नीति खारेज गर्न, वर्षमा एक पटक चालु पुंजीको ऋण चुक्ता गर्नु पर्ने प्रावधान फिर्ता गर्न, चालु रहेको ओभर ड्राफ्ट लोन यथावत राख्न, बैंक ब्याजलाई सिङ्ल डिजीटमा कायम राख्न माग गरिएको छ । संघले बैंकहरुको आतंक बन्द गर्न समेत माग गरेको छ ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  २ : ४५ बजे

कमला नदीमा अस्थायी ‘डाइभर्सन’

सिरहा । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा सिमानामा पर्ने कमला

उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको

निर्वाचन आउन ३५ दिन बाँकी : यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म

बाँके-३ का रास्वपा उम्मेदवार खगेन्द्र सुनारलाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट बाँके क्षेत्र नम्बर

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौँ । मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा