४ चैत्र २०८२, बुधबार | March 18, 2026

नेपाल राष्ट्र बैंकको नीति विरुद्ध नेपालगन्जमा बृहद विरोध प्रदर्शन गरिंदै



नेपालगन्ज । नेपाल राष्ट्र बैंकको नीति विरुद्ध नेपालगन्ज उद्योग बाणिज्य संघले दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । संघले घोषणा गरेको दोस्रो चरणको कार्यक्रम अन्तर्गत पुस ११ गते नेपालगन्जमा बृहद विरोध प्रदर्शन सहित राष्ट्र बेंक अगाडि धर्ना बस्ने कार्यक्रम रहेको छ ।

संघले आज विज्ञप्ति प्रकाशित गर्दै पहिलो चरणको भद्र आन्दोलनलाई राष्ट्र बैंकले बेवास्ता गरेपछि दोस्रो चरणको सडक आन्दोलन गर्नु परेको संघले जनाएको छ । राष्ट्र बैंको नितिका कारण व्यवसायीहरु धारासायी भएको विज्ञप्तिमा उल्लेख छ । अर्थतन्त्रका मुख्य अङ्ग उद्योगी व्यवसायी धारासायी हुँदा राष्ट्र बैंक मुकदर्शक बनेको आरोप लगाउँदै विज्ञप्तिमा देशभरका उद्योगी व्यवसायीको पहिलो चरणको आन्दोलनलाई राष्ट्र बैंकले सुनुवाई नगरेको उल्लेख छ ।

‘व्यवसायीहरु पिडामा छन्, आर्थिक मन्दी छ, बेंकमा तरलता अभाव छ, बेंक ब्याज अत्याधिक महङ्गो छ, राष्ट्र बैंकको नीतिले व्यवसायीहरु धारासायी हुने अवस्था छ । यस्तो अवस्थामा निजी क्षेत्र धारासायी भइरहँदा राष्ट्र बैंक मुकदर्शक भइरहेको छ ।’ विज्ञप्तिमा लेखिएको छ ।

विज्ञप्तिमा राष्ट्र बेंकको अव्यवहारिक नीति खारेज गर्न, वर्षमा एक पटक चालु पुंजीको ऋण चुक्ता गर्नु पर्ने प्रावधान फिर्ता गर्न, चालु रहेको ओभर ड्राफ्ट लोन यथावत राख्न, बैंक ब्याजलाई सिङ्ल डिजीटमा कायम राख्न माग गरिएको छ । संघले बैंकहरुको आतंक बन्द गर्न समेत माग गरेको छ ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  २ : ४५ बजे

नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

पर्वत । सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत

इरान युद्धबारे असहमति जनाउँदै ट्रम्प प्रशासनका अधिकारी जो केन्टले दिए राजीनामा

काठमाडौं । जो केन्ट ले इरान युद्धसम्बन्धी नीति र प्रक्रियाप्रति

योग अभ्याससँगै सुरु भयो रास्वपाको दोस्रो दिनको प्रशिक्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूका

रास्वपाको अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नव निर्वाचित सांसदहरूका

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत