३ आश्विन २०८३, शनिबार | September 20, 2026

राष्ट्रिय युवा संघ नेपाल महिला विभाग रुपन्देहीद्वारा शैक्षिक सामाग्री वितरण



बुटवल । राष्ट्रिय युवा संघ नेपाल महिला विभाग रुपन्देहीले मैनाबगरमा रहेको मैनाबगर आधारभुत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । युवा संघ नेपाल रुपन्देही महिला विभागको आयोजनामा उक्त सामाग्रीहरु वितरण गरेको हो ।

कार्यक्रममा युवा संघ नेपाल रुपन्देही महिला विभाग प्रमुख श्रद्वा कुबंरले युवासंघ नेपालले राजनितिकसंगै सामाजिक क्षेत्रमा केहि गर्नुपर्छ भन्ने उद्धेश्यले शैक्षिक सामाग्रीको वितरण गरेको बताईन ।

सो अवसरमा विद्यालयमा पढ्ने १२० जना विद्यार्थीलाई करिब ६ महिनालाई पुग्ने शैक्षिक सामाग्री वितरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले प्रदेश कमिटि सदस्य तथा अनेमा संघका केन्द्रीय सदस्य ज्ञानु केसीले युवाहरु राजनिति परिवर्तन संगै सामाजिक काममा लाग्नु पर्ने बताईन । राष्ट्रिय युवा संघ नेपाल महिला विभाग रुपन्देहीद्वारा स्टेसनरी सहयोग गरि विद्यार्थीलाई पठनपाठन गर्न हाैसाला बढेकाे आगामी दिनमा पनि यसलाई थप निरन्तरता दिन आग्रह गरिन ।

कार्यक्रममा युवा संघ नेपाल रुपन्देही जिल्ला इन्चार्ज नकुल शाहि ठकुरी, केन्द्रीय सदस्य कल्पना पाण्डे मगर, जिल्ला अध्यक्ष मनोज गौचन, जिल्ला उपाध्यक्ष बिकास जङ बस्नेत, उपाध्यक्ष बिकास गतहराज, बुटवल नगर अध्यक्ष सुदर्शन खाम्छा लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम राधिका महतको संचालन तथा श्रद्वा कुबंरको अध्यक्षमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ७ : १९ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब